नेप्सेमा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’सूचीकृत
प्रकाशित:
२२ साउन २०८०
काठमाडौं । ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि (C30MF) कारोबार संकेत प्रदान गरेको छ । भोलि बुधबारदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई कारोबार गर्न सकिनेछ ।
आज साउन २३ गते नेप्से र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम रहेको ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई नेप्सेमा सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणको लागि १० करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकरण भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares