गभर्नर महाप्रसाद अधिकारी ज्यू मिल्छ भने यी १० प्रश्नहरूको जवाफ दिनुहोस् ! अति भयो, अब त राजीनामा दिनु पर्ला कि ?

अर्थकागज
प्रकाशित: २२ भदौ २०८०
Image description

१) तपाईको व्यवस्थापन C-grade पुष्टि भइसक्यो जुन फेल सरह नै हो । त्यो पदमा बसेर अझै कति दिन देश बर्बाद गर्ने ? नैतिक हिसाबले राजिनामा दिनुपर्छ जस्तो कुनै लाज सरम लागेको छैन ?

२) तपाईको व्यवस्थापनले बैङ्कहरूले गत साल अत्याधिक ब्याजदर बढाए जसको फलस्वरुप उद्योगी व्यवसायीहरूले ऋण तिर्न नसकेर बैङ्कहरूको non performing loan अत्याधिक बढेर बैङ्कीङ्ग सेक्टरनै अस्तव्यस्त छ । यसको जिम्मेवारी लिन पर्दैन ?

३) तपाईको नीतिका कारण दिनदिनै उद्योग व्यवसायहरू बन्द हुदैछन नयाँ उद्यमी व्यवसायी बजारमा आउन डराएका छन यसले भविष्यमा देशमा ठुलो आर्थिक सङ्कट आउनेछ। रोजगारी सृजनामा बाधा पुगेको छ, उत्पादन घट्दो छ । यो समस्यालाई सम्बोधन गर्न कमसेकम तपाई हटेर क्षमतावान A-grade व्यवस्थापन गर्न सक्ने मान्छेलाई जिम्मेवारी दिने बाटो किन नखोल्ने ?

४) सारा देश, जनता र लगानीकर्ताको चाहना एकातिर छ तर तपाई आफ्नै जिद्दीले अर्कैतिर नीति निर्माण गर्दै हिँडिरहनु भएकोछ आखिर यो सबै कसको इसारामा भईरहेकोछ? लगानीकर्ताको पीडामा मलहम लगाउने राष्ट्र बैङ्कको नीति खै ?

५) तपाई कुनै दलको जिम्मेवार कार्यकर्ता भएको र विपरीत पार्टीका सरकारहरूलाई असफल बनाउन बिगत देखीनै परिचालित हुदै आएको आरोप पब्लिक रूपमा लाग्दै आएको छ यस सम्बन्धमा तपाईको भनाई के छ ? अनि यो अफवाह मात्र हो भनेर पुष्टि गर्ने ब्यवहारिक उदाहरण सहितका आधार के के छन ?

६) सानो ५ लिटरको भाडामा १० लिटर पानी अट्दैन यो सबैलाई थाहै छ अब तपाईको व्यवस्थापकिय क्षमता कम छ भन्दैमा लगानीका हरेक क्षेत्रमा अल्झन राखिदिएर देशको अर्थतन्त्र बिस्तार र बिकासको पाटोलाई साँघुरो घेराभित्र सिमित गर्न मिल्छ ?

७) पूँजी बजार कुनैपनि देशको अर्थतन्त्रको ऐना हो त्यसको हालत के-कस्तो चलिरहेकोछ? त्यसले राष्ट्र बैङ्कको कस्तो भूमिका खोजिरहेकोछ त्यो थाहा पाउनुपर्छ कि पर्दैन? पूँजी बजार घटाएर लगानीकर्ताको मनोबल गिराउन तपाईले कम्पनीहरूले दिने बोनस दर घटाउने देखि लिएर लोनमा क्याप नहटाउने, रिक्स वेटेज कम नगर्ने लगायतका कर्तुत गरिरहेको सबैलाई थाहैछ । यो सबै गरेर राष्ट्रलाई आर्थिक रूपमा तहसनहस बनाएर तपाईले पाउने उपहार चै के हो ?

८) मौद्रिक नीतिका बेला सुझाव माग भएका बेला लगानीकर्ता तथा समस्त आर्थिक क्षेत्र संग सरोकार राख्नेहरूका सुझावहरूलाई रद्दी टोकरीमा हालेर तपाईको मनमौजी तवरले मौद्रिक नीति निर्माण भईरहेको त छैन ?

९) तपाई गभर्नर भएकै बेला लोन तथा ब्याज नतिर्ने जस्ता वित्तीय अराजकतावादी आन्दोलन देशमा चल्यो त्यसको बारेमा तपाईको धारणा के छ ? तपाईको राष्ट्र बैङ्क हकाई ठिक नभएर आर्थिक क्षेत्रमा समस्या सृजना भई यस्तो अवस्था आएको त हैन ?

१०) तपाईले बिगत देखी अहिलेसम्म लिएको मौद्रिक नीतिले देश बिस्तारै आर्थिक मन्दीतर्फ जाँदैछ यसलाई ट्रयाकमा ल्याउन अहिलेसम्म लिएको नीति गलत थिएछ भन्ने लाग्दैन? अनि अहिलेसम्म तपाईको राष्ट्र बैक हकाईले देश झन झन आर्थिक सङ्कटमा फस्दैजादा अब यो मेरो क्षमता बाहिर रहेछ, मैले अरू कोही सक्षम मान्छेलाई पदमा आउने बाटो खुल्ला गरिदिएर देशलाई चरम आर्थिक सङ्कटमा जानबाट जोगाउनुपर्छ जस्तो लागेको छैन ?

यो पनि पढ्नुहोस्

आरम्भ चौतारी लघुवित्तमा झण्डै ४ करोड घोटाला !


प्रतिक्रियाहरू

Madhukar Pandey

2 years ago

इन्को कारण 500 जतिले आत्म हत्या गरेको छ्न।एक बर्ष कै बजेट सेयर मा गुमेको छ भने।नेपाली गरिब बनाउन इन्ले खेले गेम

Prem

2 years ago

He must answer of these question n get free to the nation from economic crices.

Prem

2 years ago

He must answer of these question n get free to the nation from economic crices.

Name bam rai

2 years ago

Rajinama dier 4dham darshan gae best.

Bishnu Babu panta

2 years ago

You are write queation and this question write answer ti avaliable to govanar

सम्बन्धित खबर