२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो, सिटिजन्स बैंकको अगुवाईमा कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने
२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावरले लगानी जुटायो, सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास र माछापुछ्रे बैंकले लगानी गर्ने
काठमाडौं । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा लगानी जुटेको हो । यस आयोजनामा कृषि विकास बैंक र माछापुछ्रे बैंकको पनि लगानी रहनेछ ।
आज अर्थात असोज २९ गते सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरी अधिकारी, विश्व बन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो । यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतमा उल्लेख छ ।
२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन भैरहेको छ । अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताएका छन् ।
२०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए भएपनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रशारण लाइनमा जोड्ने गरी काम तिव्र गतिमा भैरहेको अध्यक्ष पन्तले जानकारी दिए ।
यस ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुप कै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ । टक्सार पिखुवा हाइड्रोपावर विगत २ बर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो । यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
यो पनि
ठूलोखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
प्रतिक्रियाहरू
Aaliyah Stinson
3 months ago
Struggling to get targeted leads to your Arthakagaj Com website? Watch this: https://www.youtube.com/shorts/QFC3wO3eVy0
Ashleigh Morin
3 months ago
Want more targeted traffic to your Arthakagaj Com website? See how our AI-powered solution can help in this quick video: https://www.youtube.com/shorts/57azYNM9Hq0
Korey Tepper
3 months ago
Discover how our AI can skyrocket your Arthakagaj Com website leads in this quick video: https://www.youtube.com/shorts/57azYNM9Hq0
Homer Viera
4 months ago
Discover how our AI can skyrocket your arthakagaj.com website leads in this quick video: https://youtu.be/UEooLHpFYW0
Roosevelt Frost
2 years ago
want to get an alert when your website is down? then signup to our 24on7 web monitor - it's absolutely free! visit https://t.ly/HM1Fg?arthakagaj.com for more info
Robbin Raynor
2 years ago
want to get an alert when your website is down? then use our 24on7 web monitor - it's absolutely free! visit https://t.ly/HmMMe?arthakagaj.com for more info
Shares