ठूलोखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: ०३ भदौ २०८०
Image description

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । आईपीओ निश्कासनको लागि (आज) आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच खिचापोखरी, काठमाण्डौमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

यो पनि पढौं !

'अपि पावर कम्पनी दक्षिण अफ्रिकामा पाइने ब्लाक डाइमण्ड (कोहिनुर) हो': संजिव न्यौपाने-प्रबन्ध निर्देशक, अपि पवार कम्पनी


प्रतिक्रियाहरू

सम्बन्धित खबर