अपि पावरको हकप्रद सेयर भर्नु भयो ?
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिनु भयो ? यति तपाई सेयरधनी हो र आवेदन दिएको छैन भने आवेदन दिन ढिला नगर्नुहोला । आवेदन दिन अब केही दिन मात्र बाँकी छ । समय छ भन्दै बस्दा आवेदन दिन छुट्न पनि सक्छ । त्यसैले आजै आवेदन दिई हाल्नुहोला ।
कम्पनीको ४०% हकप्रद सेयर बिक्री खुल्ला भैरहेको छ । साउन ३१ गतेदेखि कम्पनीले १ः०.४% अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निश्कासन गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋण तिर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गरेको कम्पनीले जनाएको छ । उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । अपिको हकप्रद सेयरमा आवेदन दिने समय अब ७ दिनमात्र बाँकी रहेको छ । लगानीकर्ताले भदौ १९ गते बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
अपि पावरको हकप्रद सेयर मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल अपि पावर कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयरबाट उठेको पैसाले ५ वटा परियोजना ऋणमुक्त
कम्पनीले ४० प्रतिशतको हकप्रद सेयर जारी गरेर १ सय ६५ करोड हकप्रद सेयर बापत पैसा जम्मा गर्नेछ । हकप्रदबाट संकलन पैसाले अपि पावरको हाल संचालनमा रहेका २ वटा हाइड्रोपावरमध्ये एउटा नौगढ गाड जलविद्युत आयोजना (८.५ मेगावाट) र अर्काे माथिल्लो नौगढ गाड साना जलविद्युत आयोजना (८ मेगावाट) गरी जम्मा १६.५ मेगावाट हाइड्रोलाई ऋण मुक्त बनाउने छ । त्यसै गरी कम्पनीको ३ वटा सोलार परियोजना छन् । ढल्केबर १ मेगावाट सोलार पीभी आयोजना, सिमरा १ मेगावाट सोलार पीभी आयोजना र चन्द्रनिगाहपुर ४ मेगावाट सोलार पीभी परियोजना गरी ६ मेगावाट सोलार आयोजनालाई पनि ऋणमुक्त बनाउनेछ ।
बैंकलाई तिर्ने व्याज सेयरधनीलाई प्रतिफलमा थप
ऋण मुक्त भएपछि यी ५ वटा परियोजनामा नेपाल विद्युत प्राधिकरणबाट प्रत्येक महिना आउने बिलबमोजिमको रकम सिधै कम्पनीको खातामा आउनेछ । त्यो आएपछि कम्पनीको क्यास फ्लो बढ्छ । कम्पनी नगदमा धनी हुनेछ । हामीले बैंकलाई दिने व्याज चाहीँ सेयरधनीलाई त्यति नै बराबरको व्याज सेयरधनीलाई दिदा सेयरधनी खुसी हुने अपि पवार कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले अर्थ कागजलाई बताए ।
Shares