'अपि पावर कम्पनी दक्षिण अफ्रिकामा पाइने ब्लाक डाइमण्ड (कोहिनुर) हो': संजिव न्यौपाने-प्रबन्ध निर्देशक, अपि पवार कम्पनी


अपि पावर कम्पनी दुई दशकदेखि उर्जा उत्पादनका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको कम्पनी हो । अपि पावरले ३ वटा जलविद्युत कम्पनी र ३ वटा सोलार परियोजना गरी ६ वटा परियोजना सम्पन्न गरेको छ ।
सम्भवत नेपालमा एउटै कम्पनीबाट यति धेरै परियोजना सम्पन्न गरेको अपि पवार कम्पनीले मात्रै हो । पूँजीको हिसावले पनि अपी उर्जा क्षेत्रमा सवैभन्दा ठूलो कम्पनी हो । अहिले जारी गरेको हकप्रद सेयरपछि चुक्ता पुँजी करिब साँढे ५ अर्ब पुग्नेछ । कम्पनीको चुक्ता पुँजी ठूलो हुँदा फाइदा र बेफाइदा पनि छ । कम्पनीको चुक्तापुँजी ठूलो हुनु भनेको कम्पनीको भविश्य उज्जवल हुनु हो । कम्पनी दीर्घकालिन रुपले काम गर्न गइरहेको छ भन्ने कुरा पूँजीको आधारले पनि झल्काउँछ ।
नेपालको क्यापिटको मार्केट, फाइनान्सियल मार्केट अनुमान गर्न नसकिने छ । कहिले आर्थिक मन्दी हुने । कहिले बजारमा पैसा बढी हुने । कहिले ब्याजदर डबल डिजिटमा पुग्ने । कहिले सिंगल डिजिटमा आउने । कहिले राष्ट्र बैंकले रिभर्ष रिपो जारी गरेर बजारबाट पैसा तान्न पर्ने । कहिले बढी पैसा छोड्नु पर्ने । यस्तो अवस्थामा हामीले यो ४० प्रतिशतको हकप्रद सेयर जारी गरेर १ सय ६५ करोड हकप्रद सेयर बापत पैसा जम्मा गर्नेछौं ।
हकप्रदबाट संकलन पैसा चाहीँ कम्पनीको अहिले संचालनमा रहेका २ वटा हाइड्रोपावरमध्ये एउटा नौगढ गाड जलविद्युत आयोजना (८.५ मेगावाट) र अर्काे माथिल्लो नौगढ गाड साना जलविद्युत आयोजना (८ मेगावाट) गरी जम्मा १६.५ मेगावाट हाइड्रोलाई ऋण मुक्त बनाउनेछौ । दुई वटा हाइड्रोपावरको नेपाल बैंक र एसबिआई बैंकमा भएको ऋण मुक्त बनाउँछौं । सँगसँगै कम्पनीको ३ वटा सोलार परियोजना छन् । ढल्केबर १ मेगावाट सोलार पीभी आयोजना, सिमरा १ मेगावाट सोलार पीभी आयोजना र चन्द्रनिगाहपुर ४ मेगावाट सोलार पीभी परियोजना गरी ६ मेगावाट सोलार आयोजनामा ग्लोबल आईएमई बैंकको ऋण छ । यो पनि हामी तिरेर ऋणमुक्त हुनेछौं ।
ऋण मुक्त भएपछि यी ५ वटा परियोजनामा नेपाल विद्युत प्राधिकरणबाट प्रत्येक महिना आउने बिलबमोजिमको रकम सिधै कम्पनीको खातामा आउनेछ । त्यो आएपछि कम्पनीको क्यास फ्लो बढ्छ । कम्पनी नगदमा धनी हुनेछ । हामीले बैंकलाई दिने व्याज चाहीँ सेयरधनीलाई त्यति नै बराबरको व्याज सेयरधनीलाई दिदा सेयरधनी खुसी हुने भए । मेरो अर्थ चाहीँ के भने बैंक, वित्तीय संंस्थाले नै सहयोग गरेर प्रोजेक्ट बनेको हो । त्यसलाई चाही मैले धन्यवाद दिनु पर्छ । तर, कथाले चाही के भन्छ भने नेपालमा विद्युत बिक्न छोडे । नेपालको बिद्युत भारत र बंगलादेशमा बिक्रीको ढोका चाहीँ खुलेको छ । त्यो राम्रो हो । तर, नेपालमा विजुलीको बजारमा आजको दिनमा जोखिम छ । बैंकबाट ऋण लिएर, सेयरधनीबाट पैसा उठाएर भोलिका दिनमा बैंकलाई साँवा र व्याज तिर्न नसकिने दिन नआउला भन्न सकिन्न । धेरै वटा हाइड्रो पावरका परियोजनाहरु समस्याग्रस्त छन् । यो क्षेत्र अलि जोखिपूर्ण भएकोले यो जोखिमलाई कसरी न्यूनिकरण गर्ने भनेर हाम्रो टिमबीच घनभूत रुपले छलफल गर्दा ऋणको मात्रा घटाउनुपर्छ । किनभने ऋण भनेको लामो समयको दायित्व हो । अनन्तकालसम्मको दायित्वबाट बाहीर निस्केर कम्पनीको क्षमताअनुसार मात्रै ऋण बोक्नुपर्छ । एउटा कम्पनीेले ६ वटा प्रोजेक्ट बनाउँदा ऋण बढ्नु स्वभाविक हो । कम्पनीको बलियो देखियो ।
कम्पनीको ६ वटा प्रोजेक्टमध्ये ५ वटा प्रोजेक्टलाई ऋण मुक्त गरेर माथिल्लो चमेलिया जलविद्युत आयोजना (४० मेगावाट) को मात्रै ऋण बाँकी राखेर कम्पनीलाई नगद प्रवाहमा धनी कम्पनी बनाउने हाम्रो योजना हो । बैंकलाई बुझाउनु पर्ने व्याजबाट सेयरधनीलाई लाभांश बृद्धि गर्न सकिन्छ । यसो गर्दा सेयरधनी पनि खुसी, बैंकको जोमिख पनि कम, प्राधिकरणले पावरहाउसको क्षमता कम गर भनेर निर्देशन दियो भने पनि कम्पनीलाई जोखिम कम गर्नको लागि हकप्रदल्याई ऋण घटाउन खोजेको हौं ।
प्राधिकरण अहिले हाइड्रोपवारले लिएको बैंक वित्तीयको ऋण कम गराउँदै प्राधिकरणलाई पनि नाफामुखी बनाएर लैजाने सोचमा छ । जसले गर्दा अहिले धेरै वटा कम्पनीको हकप्रद सेयर बजारमा छ्यापछ्याप्ती आएका छन् । यसले गर्दा भोलि बजारमा नकारात्मक सन्देश पनि जान सक्छ । भोली बजारभरि सेयर हुँदा भाउ घट्ने हो कि ? तर, क्यापिटल मार्केटसँग हामी डराउनु हुँदैन । अबको दिन भनेको आफ्नो व्यालेन्ससिट सुधारेर, आफ्नो फाइनान्सियल इन्डिकेटरलाई राम्रो बनाएर जुन कम्पनीले लान सक्छ, त्यस कम्पनीको सेयरको मूल्य बढेर जानेछ । लाभांश पनि नदिने, राइट सेयर निकाल्ने, क्यापिटल बढाउँदै लाने त्यस्ता कम्पनी लामो समय टिक्दैनन् ।
त्यसैले हकप्रद सेयर आयो भनेर आत्तिने होइन कि सेयरधनीहरु अलि चनाखो भएर कम्पनीको फाइनान्सिय इन्डिकेटरहरु हेरेर, लाभांशको इतिहास हेरेर, कम्पनीले केके आयोजनाहरु गरिरहेको छ ? भविश्यमा कस्तो कस्तो आयोजनाहरु बनाउँदै छ ? भनेर अध्ययन गरेर लगानी गर्नुपर्छ । बजारमा ५० वटाभन्दा धेरै कम्पनीे लिष्टिङ भएका छन् । तीमध्ये कुन कम्पनीको सेयर आफ्नो पोर्टफोलियोेमा राख्ने, कुन कम्पनीको नराख्ने भनेर लगानीकर्ताले आफैले निर्णय गर्नु पर्छ ।
अपि पावर कम्पनी भनेको दक्षिण अफ्रिकामा पाइने कोहिनुर वा ब्लाक डाइमण्ड हो । ब्लाक डाइमण्ड हत्तपत्त संसारमा कतै पाइदैन । त्यस कारण अब आउने दिनमा अपि पावर कम्पनीको आफ्नो ऋण पनि घट्छ, कम्पनीको नगद प्रवाह बलिायो हुन्छ । कम्पनीमा भएको नगदलाई राम्रा राम्रा परियोजनामा लगानी पनि गर्छ ।
कम्पनीलाई जोखिम कम गर्न अलि कति पैसा बैंकमा मुद्दतिमा पनि राख्छ । त्यसैले अपि पावर कम्पनीको भविश्य अति सुन्दर र उज्ज्वल छ । सेयरधनीहरुले नआत्तिकन कम्पनीले निश्कासन गरेको हकप्रद सेयर भर्नुहोला । कम्पनी दीर्घकालीन लक्षका साथ अगाडि बढिरहेको छ । सेयरधनीको पैसा खेर जान दिदैनौं । हामीले प्रशासनिक पारदर्शिता, नियम कानूनलाई पालन गरी अघिबढेका छौं । अबको दिनमा कम्पनीको नारा भनेकै पारदर्शिता र सुसासनसहित सेयरधनीलाई बढीभन्दा बढी प्रतिफल दिने सोच हुनेछ ।
हाइड्रोपावर कम्पनीमध्ये प्रत्येक वर्ष सेयरधनीलाई लाभांश दिने एउटा कम्पनी अपि पावर मात्रै हो । यस्तो कम्पनीमा सेयरधनीले हकप्रद सेयर भर्न सोच्नै पर्दैन । आवेदन दिई हाल्नु पर्छ । अपि पावर कम्पनी उर्जा क्षेत्रमा जमिसकेको छ । नेपालमा नीजि क्षेत्रको सवैभन्दा अब्बल, सबल र एक नम्वरको कम्पनी अपि पवार कम्पनीलाई हामी बनाउने छौं । यसका लागि सेयरधनीहरुले सकारात्मक सल्लाह सुझाव दिनुहुन्छ भन्ने हामीले सधैँ अपेक्षा गरेका छौं । कम्पनीले अहिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोडिसकेको छ । यो आयोजनाले बर्खाको समयमा मासिक १४ करोड रुपैयाँ आम्दानी दिनेछ । अहिले हाम्रो इपिएस करिव ३ रुपैयाँ छ । हामी स्वीकार्छाै । किन भने ४० मेगावाटको चमेलिया आइसकेको थिएन । तीन पटक हकप्रद सेयर निस्कासन गर्दा पूँजीको आकार ठूलो भएको छ ।
आउने स्रोत कम छ । त्यस कारण इपिएस कम भएको हो । अब ४० मेगावाट क्षमताको चमेलियाको आम्दानी साउनदेखि जोडिएपछि असोजको त्रैमासिक ब्यालेन्स सिट एकदमै आकर्षिक भएर आउनेछ । फाइनान्सियल इन्डिकेटरहरु असाध्यै सुध्रिएर जानेछन् । डबल डिजिडमा इपिएस हुनेछ । त्यस कारण भविश्य हेरेर आजको दिनमा चाही लगानी गर्नु सवैभन्दा बुद्धिमानी हुनेछ । कम्पनीमा ऋणको व्याज कम हुनेछ । सही लगानीकर्ताले हेर्ने भनेको भविश्य हो । अर्काे क्वाटरमा कम्पनीको इपिएस डबल डिजिटमा पुग्नेछ । चमिलिएको आम्दानी मासिक १४ करोड थपिनेछ, पुराना ५ वटा कम्पनीको आम्दानी यथावत छदैछ । व्याजदर कम हुने भयो । किनभने बैंकलाई ऋण तिरेपछि ४० मेगावाटको मात्रै ऋणको व्याज हुने भयो । त्यसले अन्ततः कम्पनीको आम्दानी र नाफा ह्वात्तै बढेर जानेछ । अब आउने त्रैमासिकमा चमत्कारीक वित्तीय विवरण सार्वजनिक हुनेछ । त्यस कारण सेयरधनीले निश्चिन्त भएर हकप्रद सेयरमा लगानी गर्ने र बढीभन्दा बढी मुनाफा कमाउने सोचका साथ हकप्रद सेयर भर्नु हुनेछ । कम्पनीले जारी गरेको हकप्रद समय अवधिभित्र नै बिक्ने मलाई विश्वास छ ।
यो पनि पढौं
- अपि पावर कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुल्ला,कहाँबाट कति आवेदन दिने ?
- अपि पावरको हकप्रद सेयर सेयरधनीको पर्खाइमा, कहिले र कसले आवेदन दिने ?
- हाइड्रो पावरका आयोजनामा लोकप्रिया बन्दै डब्लु.के.भि.टर्बाइन्स्
प्रतिक्रियाहरू
Dhurba Raj bhatt
1 year ago
Thanks for Api Haidro
Gnyanedra t
1 year ago
Need to give bonus good % almost 30% above than every one buy api power share thanks.
कमल राज भट्ट
1 year ago
कति सम्म भरन पाईन्छ र अहिले पर्ति कत्ता कति पर्छ अनि कुन बाईकमा भरने
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
बिरेन्द्र ठगुन्ना
1 year ago
एकदमै राम्रो लाग्यो
Shares