आगामी साता ३ दिन मात्र सेयर कारोबार हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आगामी साता ३ दिन मात्र सेयर कारोबार हुने भएको छ । सातामा ५ दिन नियमित कारोबार हुने गरेकोमा आगामी साता २ कारोबार दिनमा सार्वजनिक विदा परेकाले ३ दिन मात्र सेयर कारोबार हुने छ ।
आगामी साताको पहिलो कारोबार दिन आईतबार सेयर कारोबार हुने छ भने दोस्रो र तेस्रो कारोबार दिन अर्थात सोमबार र मंगलबार सेयर कारोबार बन्द रहनेछ । सोमबार रक्षा बन्धन तथा जनै पूर्णिमाको सार्वजनिक विदा परेकाले कारोबार बन्द रहनेछ भने मंगलबार काठमाण्डौ उपत्यकामा गाइजात्राको सार्वजनिक विदा दिइएकाले मंगलबार समेत सेयर कारोबार बन्द रहनेछ ।
पछिल्लो समय उपत्यका विदामा सेयर कारोबार बन्द हुँदा देशभरका लगानीकर्ताहरु प्रभावित भएको भन्दै देशैभरी दिईने सार्वजनिक विदामा मात्र नेप्से बन्द हुनुपर्ने माग लगानीकर्ताहरुले गर्दै आइरेहका छन् ।
यो पनि पढ्नुहोस्
'हकप्रदको पैसाले ऋण तिर्छौँ, नयाँ आयोजना गर्छौँ र सेयरधनीलाई लाभांश बाँड्छौँ' (अन्तरवार्ता)
प्रतिक्रियाहरू
Dipak poddar
1 year ago
Doing business in Nepal comes from abroad
लक्ष्मण खनाल
1 year ago
काठमाडौ उपत्यकाको मात्रै बिदा हुदा किन देशभरि शेयर कारोबार बन्न गर्नुहुन्छ। यो राम्रो पक्ष होईन
Bishnuprasad Prazapati
1 year ago
Bida dinu ramro ho
Shares