कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रिमा, प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ
काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १० लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्रि गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशन गर्दै बैंकले इच्छुक योग्य आवेदकबाट आवेदन माग गरेको छ ।
बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकको छ त्यसैले अब इच्छुक आवेदकले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । यसअघि नै बैंकले संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित गर्दा समेत बिक्रि नभएकाले अब सबै इच्छुक आवेदकले आवेदन गर्न सक्नेछन् ।
इच्छुक आवेदकले जेठ २२ गते भित्र बैंकको बिक्रि प्रबन्धक कुमारी क्यापिटको कार्यालय नक्साल, काठमार्डौमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ता देखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् ।
# किसान लघुवित्त वित्तीय संस्थामा लाखौं रुपैयाँ अपचलन !
Shares