हिमालयन बैंकले प्रिमियममा एफपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्तावसहित लाभांश साधारणसभा बोलाएको छ । बैंकले पुस २९ गते आइतबार ३१ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।
सभाले एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यो पनि
Shares