रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर बेच्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत बराबरको हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।कम्पनीले साउन २४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेश गरेको हो ।
विद्युत नियमन आयोगबाट यसअघि नै पूर्व स्वीकृति लिइ साधारण सभाबाट अनुमोदन समेत भैसकेको छ ।
कम्पनीको गत असार ८ गते सम्पन्न भएको विशेष साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका (१ कित्ता बराबर ०.५० कित्ता) अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ ।
हकप्रद मार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ । निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ ।
यो पनि पढौं ।
हाइड्रो पावरका आयोजनामा लोकप्रिया बन्दै डब्लु.के.भि.टर्बाइन्स्'
Shares