हरेक विपद्‍मा एनसेलको सहायता : आर्थिकदेखि निःशुल्क भ्वाइस, डेटासम्म, कहिले-कहिले सहयोग गर्यो ?

अर्थकागज
प्रकाशित: ३१ भदौ २०८३
Image description

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जबजब देशमा विपत्ति, अप्ठ्रो पर्छ, तबतब राज्य र नागरिकलाई खुलेर सहायता गर्दै आएको छ । पछिल्लो पटक रसुवा बाढीको कहरकाबीच कम्पनीले नेपाल सरकार र नागरिकप्रति देखाएको उच्च सदासहायता अनुकरणीय छ । 

कम्पनीले भोटेकोसी बाढी लगत्तै बेपत्ताहरुको खोजी, राहत, उद्धार तथा पुनःनिर्माणका लागि नेपाल सरकारलाई तत्काल १ करोड रुपैयाँ आर्थिक सहयोग गर्यो । 

एनसेल फाउन्डेशनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा बाढीको भोलिपल्ट भदौ ११ गते नै सरकारलाई १ करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो । 

त्यसो त यस्ता प्राकृति विपद् भूकम्प, बाढी पहिरोको संकटका बेला कम्पनीले नेपाल सरकार र नागरिकहरुको सेवामा आर्थिकसँगै अन्य सामाजिक तथा दूरसञ्चार सेवामासमेत विशेष सेवा प्रदान गर्दै आएको छ । यही सेवाको निरन्तरताका बीच कम्पनी भोटेकोसी बाढीका कारण प्रभावित क्षेत्रका नागरिकहरुको सेवार्थ एनसेलले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रदान गरेको छ । जुन सेवा कम्पनीले भदौ १० गतेदेखि भदौ २७ गतेसम्म निरन्तर जारी राखेको थियो । यसले विपद् प्रभावित क्षेत्रका नागरिकलाई सहज टेलिकम्युनिकेशनको सुविधा उपलब्ध गराएको कम्पनीको दबी छ ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को कठिन समयमा सहज सञ्चार सुनिश्चित गर्न कम्पनीले निःशुल्क टेलिकम्युनिकेशन सेवा उपलब्ध गराएको बताए । 

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निःशुल्क सेवाले प्रभावित क्षेत्रका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाएको अफिसर उपाङ्ग दत्ताको भनाइ छ ।

हरेक विपद्मा एनसेलको सहायता

भोटेकोसी बाढीको पछिल्लो घटनामा मात्र होइन एनसेलले यसअघिका यस्ता थुप्रै प्राकृति तथा मानवीय घटनामा नागरिक र सरकारलाई सहयोग गर्दै आएको छ । 

चाहे त्यो कोभिड १९ को महामारीका बेला होस् या त २०७२ को महाभूकम्प, २०८० को जाजरकोट भूकम्प, बाढी पहिरो वा यस्तै अरु प्राकृतिक विपत्ति कम्पनीले निरन्तर साथ र सहयोग गर्दै आएको छ । कम्पनीले निरन्तर आफ्ने कर्तव्य सम्झेर सहयोग गर्दै आएको छ । 

भूकम्पका बेला कम्पनीको सहयोग

२०८० को कात्तिकमा पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पका बेला एनसेलले पुनःनिर्माण, पुनःस्थापना तथा उद्धारका लागि भन्दै कर्णाली प्रदेश सरकारलाई नगद ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । सोही समयमा भूकम्प प्रभावित तीन जिल्ला जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिमका प्रभावित जिल्लाका नागरिकलाई कम्पनी निःशुल्क भ्वाइस, डेटा, एसएमएस उपलब्ध गराएको थियो । जतिबेला ४० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ । 

यसैगरी कम्पनीले २०७२ को महाभूकम्पका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने प्रभावित नागरिकलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको टेलिकम्युनिकेशन सेवा निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिड १९ को महामारीमा सहयोग

एनसेलले विश्वव्यापी कोभिड १९ को महामारीका बेला नेपालमा आर्थिक, सामाजिक तथा स्वास्थ्य सेवामा ठूलो सहयोग उपलब्ध गराएको थियो । जतिबेला कम्पनीले २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 

यसबाट प्रत्यक्ष परोक्ष रुपमा देशभरका १ करोड ३० लाखभन्दा बढी नागरिक लाभांवित भएका कम्पनीको दाबी छ । 

यसैगरी कम्पनीले २०७८ असारमा आएको मेलम्ची बाढी, २०७९ को रोशी खोला बाढी, २०८१ असोजमा आएको बाढीका कारण ललिपुर क्षेत्र डुबानमा पर्दा खेरी समेत खुलेर आर्थिक, सामाजिक तथा निःशुल्क टेलिकम्युनिकेशन सेवा प्रदान गरेको थियो । जसले विपद्का बेला एनसेल सधैं सरकार र नागरिकको साथमा छ भन्ने सन्देश दिइरहेको छ ।

यो पनि 

एनसेलका सीईओ माइकल प्याट्रिकको राजीनाले उठाएको प्रश्न-बहुराष्ट्रिय कम्पनी र लगानी कसरी संस्थागत गर्ने ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर