www.arthakagaj.com को प्रभाव : सेयरधनीको चर्काे विरोधपछि हिमालय उर्जा विकासका संचालहरु तलव/भत्ता घटाउन बाध्य

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८२
Image description

काठमाडौं । साधारणसभा हलमा सेयरधनीले चर्काे विरोध गरेपछि हिमालय उर्जा विकास कम्पनी लमिटेडका संचालकहरुले तलव/भत्ता घटाउने प्रतिवद्धता गरेका छन् । सेयरधनीलाई थाहा नदिई सुटुक्क हिमालय उर्जा विकासका संचालकहरुले २ हजार ३ सय ७.६७ प्रतिशतले तलव/भत्ता बढाएका थिए । अर्थ कागज डट कमले हिमालय उर्जा विकासमा संचालकहरुको लुटतन्त्र, तलव भत्ता २ हजार ३ सय ८ प्रतिशतले बढाए शिर्षकमा सोमबार समाचार प्रकाशन गरेको थियो । यस विषयलाई लिएर आज अर्पण बैंक्विट, थापागाउँ नयाँबानेश्वर काठमाडौंमा भएको साधारणसभामा सेयरधनीहरुले चर्काे विरोध गरेका थिए । सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हरि प्रसाद पाण्डेले आउने आर्थिक वर्षमा तलव भत्ता कटौति गर्ने सेयरधनीसँग बचनप्रतिवद्धाता गरेका छन् । सेयरधनीहरुले अध्यक्षले आफ्नो आफन्तलाई संचालकहरु नियुक्त गरी तलव भत्तामा लुटतन्त्र मच्चाई रहेको आरोप लगाएका थिए ।

अर्थ कागजले समाचार छापेपछि संचालकहरुलाई सोमबार राती निद्रा परेको थिएन । मंगलबारै विहानै ठूला सेयरधनीहरुलाई बोलाएर साधारणसभा सम्पन्न गरिदिन हारगुहार गरेका थिए ।

यो पनि 

हिमालय उर्जा विकासमा संचालकहरुको लुटतन्त्र, तलव/भत्ता २ हजार ३ सय ८ प्रतिशतले बढाए


प्रतिक्रियाहरू

सम्बन्धित खबर