माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला र अध्यक्ष रोशन केसीको बदमासी, ३८.८ प्रतिशतले सुटुक्क बढाए संचालक समितिको बैठक भत्ता
काठमाडौं । माछापुच्छ्रे बैंकका संचालक समितिका अध्यक्ष रोशन केसी र प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको हर्कतले यति बेला बैंकका सेयरधनीहरु आक्रोसित भएका छन् । बैंक सिईओ कोइराला र अध्यक्ष केसीको मिलोमतोमा सुटुक्क बैठक भत्ता ३८.८८ प्रतिशतले बढाएपछि सेयरधनीहरु आक्रोसित भएका हुन् । समय अनुसार भन्दै संचालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले पाउने प्रति बैठक भत्ता १८ हजारबाट प्रति बैठक २५ हजार पुर्याएका छन् भने संचालक सदस्यहरुलाई समितिको बैठकमा उपस्थित भए वापत प्रति बैठक भत्ता १५ हजारबाट प्ति बैठक २२ हजारु पुर्याइएको छ । जुन ३८.८८ प्रतिशतको बृद्धि रहेको छ ।
हरेक वर्ष सेयरधनीहरुलाई दिने प्रतिफलको प्रतिशत घटाउँदै संचालक र उच्च व्यवस्थापनले लिने सेवा र सुविधा बढाउँदै गएपछि यति बेला माछापुच्छे बैंकका सेयरधनीहरु अध्यक्ष केसी र सिईओ सन्तोष कोइरालासँग रुष्ट छन् ।
सेयरधनीहरुले सिईओ कोइराला र अध्यक्ष केसीको विषयमा विरोध गर्ने भएपछि यि दुवै जनाको चलाखीले बार्षिक साधारणसभा विगत केही वर्षदेखि नै राजधानी बाहिर गर्दै आईरहेका छन् । सेयरधनीहरुले हरेक वर्ष बार्षिक साधारणसभा राजधानीमा गर्न आग्रह गर्दै आईरहेका छन् । यस विषयमा बैंकले सेयरधनीहरुलाई बाइपास गदै आईरहेको छ । सिईओ र संचालक समितिले बैंकको स्थापना बाहिर भएको भन्दै हरेक वर्ष पोखरामा साधारणसभा गर्दै आईरहेका छ । यदि बैंक स्थापना बाहिर भएको भए केन्द्रिय कार्यालय पनि बाहीर राख्नु पर्ने सेयरधनी चित्र बहादुर श्रेष्ठले सुनाए । सिईओ र संचालक समितिलाई तलव भत्ता चाही काठमाडौंमा बसेर खानु पर्ने, बार्षिक साधारण बाहिर गरेर सेयरधनीहरुलाई हक अधिकारबाट बन्चित माछापुच्छे बैंकले गर्दै आईरहेको श्रेष्ठले आरोप लगाए ।
बैंकको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन हेर्दा बैंक भित्र आर्थिक सुशासनमाथि सेयरधनीहरुले बैंक मै गएर सिईओ सन्तोष कोइरालाई प्रश्न उठाउनु पर्ने देखिन्छ । बैंकको कर्मचारी खर्चको अन्य शिर्षक मात्र ४० करोड ३२ हजार ७७ हजार ४५४ रुपैयाँ रहेको छ । त्यसै गरी कार्यालय प्रशासन खर्चको दुई वटा अन्य शिर्षक राखी पहिलो अन्यमा ३२ करोड ९२ लाख ६२ हजार २२८ रुपैयाँ र दोस्रो अन्यमा १५ करोड ४८ लाख १० हजार ०५५ रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओ र अध्यक्षको सल्लाह बमोजिम हिसाव मिलान गर्न अन्य शिर्षक राखी ८८ करोड ७३ लाख ४९ हजार ७३७ रुपैयाँ खर्च देखाएका छन् । जनु के मा खर्च भयो सेयरधनीहरुलाई थाहा छैन् । यसरी बैंकका सिईओ सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकमा लुटतन्त्र मच्चाई रहेको प्रष्ट हुन्छ ।
पछिल्लो समय बैंकको सिईओको हर्कत बाहिर छताछुल्ला हुन थालेका छन् । प्रभु बैंकको सिईओ अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेसँगै माछापुच्छ्रे बैंक भित्र पनि हलचल मच्चिएको छ ।
बैंक भित्र खराब कर्जा बढेसँगै राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्यमा कतै माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइरालाको पनि हात रहेको सेयरधनीहरुले अनुमान गरेका छन् ।
यो पनि
प्रतिक्रियाहरू
Chassidy Pigot
7 months ago
Are you ready to try a system that turns emails into cash quickly? Check https://rb.gy/uxe0l2
Shares