संस्थागत सुशासन कमजोर बन्दै गएको सम्पदा लघुवित्तको सिईओमा लक्ष्मण पौडेल नियुक्त

अर्थकागज
प्रकाशित: २१ जेठ २०८२
Image description

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । कम्पनीको जेठ २० गते बेलुका ५ बजे बसको संचालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुनेगरी सिईओमा नियुक्त गरेको हो । केशव कुमार पौडेलले सिईओको पदबाट राजिन दिएपछि लक्ष्मण पौडेललाई संचालक समितिले सिईओ नियुक्त गरेको हो ।
संस्थामा मर्जरपछिको व्यवस्थापनमा देखिएको असमानता, विभेद र एकपक्षीय निर्णयविरुद्ध समय समयमै कर्मचारीहरू आन्दोलित हुदै आईरहेका छन् । यस लघुवित्तमा ‘भेदभाव विरुद्ध संघर्ष समिति’को गठन समेत भएको छ । समितिले मर्जरपछि कर्मचारीहरूका सरुवा, जिम्मेवारी तोक्ने कार्य, सेवा शर्त तथा अन्य निर्णयहरूमा पारदर्शिता नदेखिएको, आपसी समन्वय र न्यायोचित प्रक्रियाको पालना नगरिएको गुनासो गरिरहेको छ ।
यो पनि 

प्रतिक्रियाहरू

सम्बन्धित खबर