‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड घाटाको सौदा- लगानीकर्ताहरु

अर्थकागज
प्रकाशित: ०३ भदौ २०८०
Image description

काठमाडौं । हिमालयन क्यापिटलले निस्कासन गरेको हिमालयन म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ मा लगानी गर्नु भनेको घाटाको सौदा भएको लगानीकर्ताहरुले बताएका छन् । यसको अर्थ ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा लगानी गर्नु बालुवा पानी हाल्नु जस्तै हो । लगानीकर्ताले प्रतिफलको आशा नगर्दा हुनेछ ।

सेयर बजारका चर्चित लगानीकर्ता एवम् सेयर काका केशव कोइरालाले ‘हिमालयन ८०–२०’ म्युचुअल फण्ड मात्रै नभएर जुनसुकै म्युचुअल फण्डको आईपीओमा लगानी गर्नु घाटाको सौदा भएको बताएका हुन् ।

यो पनि पढौं !

  1. होसियार ! हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहार्दै क्यापिटलका कर्मचारी
  2. हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई गरे संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले बहिस्कार !

एकातिर नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आईपीओमा पाउँदै आएको कोटा खारेजी हुँदैछ भने अर्काे तिर दोस्रो बजारमा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डको मुल्य भन्दा धेरै डिस्काउन्ट मुल्यमा फण्ड किन्न पाइने सेयर काका कोइरालाले अर्थ कागजलाई बताए ।

सेयर काका कोइरालाको अनुसार ८०–२०’ म्युचुअल फण्डमा आवेदन दिनु भन्दा दोस्रो बजारमा राम्रा प्रतिफल दिदैआएका फण्डहरु किन्दा राम्रो हुनेछ ।

त्यसै गरी सेयर विश्लेषक एमव् अनुभवि लगानीकर्ता राजु पौडेल पनि ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन दिनु भन्दा नदिँदा राम्रो हुने बताए । अब म्युचुअल फण्डमा लगानी गर्दा राम्रो प्रतिफल पाउन नसकिने पौडेलको भनाई छ ।

सेयर विश्लेषक एवम् अनुभवि लगानीकर्ताहरुको भनाई जस्तै संस्थागत र व्यक्तिगत लगानीकर्ता पनि ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आकर्षित भएका छैनन् । क्यापिटलले तामझामका साथ यो फण्ड साउन ३२ गतेदेखि आवेदन खुल्ला गरिरहेको छ ।   ।

आवेदन खुलेको तीन दिनसम्म एक करोड कित्ताको लागि पनि आवेदन परेको छैन् । क्यापिटलले ८ करोड ५० लाख कित्ता इकाई निश्कासन गरेको छ । आवेदन दिने दिन आज सहित २ दिन मात्र बाँकी रहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार आइतबार विहानसम्म १८ हजार ८३२ जना आवेदकले ८४ लाख ४४ हजार ५९० कित्ता इकाइको लागि आवेदन दिएका छन् ।

आवेदनको संख्या हेर्दा ‘हिमालयन ८०–२०’ म्युचुअल फण्ड संस्थागत र व्यक्तिगत लगानीकर्ताको रोजाईमा पर्न असफल भएको छ । यो ‘हिमालयन ८०–२०’ म्युचुअल फण्ड पूर्ण रुपमा असफल भएको घोषणा गर्न मात्र बाँकी छ ।

यो फण्डमा आवेदन दिई सकेका लगानीकर्तालाई पनि अहिले आएर पछुतो भएको लगानीकर्ता दामोदर भट्टले सुनाए । आईपीओ भनेर आवेदन दिई हाले, पछि आएर पो थाहा भयो म्युचुअल फण्डको आईपीओ रहेछ भनेर उनले सुनाए । यो ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन दिनु अघि १० औं पटक सोच्ने कि ?  


प्रतिक्रियाहरू

सम्बन्धित खबर