चर्चित सेयर प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीसहित ठगी मुद्धामा ३ पक्राउ

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं । सेयर मार्केटका प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरी ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।

बैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिन्छु भन्दै २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीसँगै धादिङ घर भएका ४५ बर्षिय शालिकराम अर्याल  र गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर पनि पक्राउ परेका हुन् ।  तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल पठाइएको थियो ।   

बैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा विभागले प्रहरीलाई पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सामान्य सोधपुछपछिआफूहरु घर फर्किसकेको सन्दिप चौधरीले फेसबुक मार्फत जानकारी दिएका छन् ।
 


प्रतिक्रियाहरू

सम्बन्धित खबर