सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले खाली चेक लिएर १० करोड दावी गरेको आरोप
काठमाडौं । सिन्धुपाल्चोकका व्यवसायी श्याम खड्काले सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले खाली चेक लिएर १० करोड दाबी गरेको बताएका छन् ।
आज आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यबसायी खड्काले अग्रवालले आफुलाई विश्वासमा लिई हस्ताक्षर गरेको चेक लिई दुरुपयोग गरेको आरोप लगाए । उनले लेनदेनको प्रमुख कारया जुगल एण्ड गुगल क्रसर उद्योग रहेको बताए ।
पीडित खड्काका अनुसार आफूसहित तीन जना व्यक्तिहरु मिलेर सञ्चालनमा रहेको उक्त क्रसरमा दीपेन्द्रको इन्ट्री हुने भएपछि अन्य दुई जना लगानीकर्ता बाहिरिएका थिए । दीपेन्द्रकी श्रीमती मितामुरारिका अग्रवालको नाममा क्रसरको ५१ प्रतिशत शेयर लिने कागज तयार भएपछि पीडित खड्काले एक करोड २० लाख रुपैया रकम पाए । तर, विभिन्न कारणले क्रसरको ५१ प्रतिशत शेयर पास हुन नसकेपछि दिपेन्द्रलाई त्यहीको ८० रोपनी जग्गा पास गरेर दिएको उनी बताउँछन् । ८० रोपनी जग्गा दिँदा दिपेन्द्रले पहिला दिएको एक करोड २० लाख कट्टा गरेर बाँकी तीन करोड ५० लाख आफूलाई दिन बाँकी रहेको उनको भनाई छ ।
पीडित खड्काको भनाईअनुसार फेरि क्रसरमा लगानी सात करोडको लगानी गर्ने र व्यापार गर्ने दिपेन्द्रले प्रस्ताव ल्याएका थिए । दिपेन्द्रले कम्पनीमा कारोबार मिलाउनका लागि आफूसँग हस्ताक्षर गरेको खाली चेक मागेको र विश्वासमा परेर आफूले चेकमा हस्ताक्षर गरेर दिएको उनले बताए ।
‘म मेलम्ची बस्छु । तपाईँ मलाई चार/पाँच वटा चेक सही गरेर दिनुस् । म तपाईँको खातामा पैसा हाल्छु, अनि म पटक–पटक गरेर निकालेर कम्पनी खरिद गरेर विशाल कम्पनी खडा गर्ने भनेर उहाँले मलाई विश्वास दिलाउनुभयो । मैले सहीमात्रै गरेर दिएँ,’–पीडित खड्काले भने ।
विश्वासमा कम्पनीको कारोबार मिलाउन भनेर दिएको चेक दिपेन्द्रले दुरुपयोग गरेर चेक बाउन्स गराएको उनको दाबी छ । पीडित खड्काका अनुसार दीपेन्द्रले दुई पटक गरेर १० करोडको चेक दाबी गरेका छन् । चेकमा उल्लेखित रकम र मिति दीपेन्द्र आफैं वा अरु कसैले लेखेको हुनसक्ने उनले बताए ।
दीपेन्द्रसँग एक करोड २० लाख रुपैयाँ लिएको उनको भनाई छ । उक्त रकम नेपालको कानुन अनुसारको ब्याज रकमसहित फिर्ताको लागि आफू तयार रहेको पनि पीडित खड्काले बताए । दिपेन्द्रले आफूलाई विश्वासमा लिएर चेकको दुरुपयोग गरेको उनको भनाई छ । आफूलाई दिपेन्द्रले चेकमा उल्लेखित रकम जसरी पनि उठाउँछु भनेर धम्की दिएको उनको भनाई छ ।
यो पनि पढौं
लगानीकर्ताले नपत्याएपछि ‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड बिक्नलाई हम्मेहम्मे !
अरुण काबेली पावरको १००% हकप्रद सेयरमा आजदेखि आवेदन खुला, कहिलेसम्मको सेयरधनीले आवेदन दिने ?
Shares