प्राइम कमर्सियल बैंकमा अध्यक्ष राजेन्द्र र सिईओ संजीव मानन्धरको अन्य शिर्षकको नाममा लुटतन्त्र, स्टेशनरी खर्च मात्रै ४ करोड !

अर्थकागज
प्रकाशित: १२ साउन २०८२
Image description

काठमाडौं । सेयरधनीलाई राम्रो प्रतिफल दिन नसकेर चर्काे आलोचना खेप्दै आएका प्राइम कमर्सियल बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकारी (सिईओ) ले बैंकमा लुटतन्त्र मच्चाई रहेको खुल्ल आएको छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन हेर्दा सिईओ र अध्यक्षको मिलोमतोमा बैंकको पैसामाथि मनलाग्दी खर्च गरेको प्रष्ट हुन्छ । बैंकले यस आर्थिक वर्षमा प्रिन्ट र स्टेशनरीमा मात्रै ४ करोड खर्च गरेको छ । अन्य बैंकको तुलनमा यो खर्च धैरै रहेको छ । बार्षिक साधारणसभा सेयरधनीहरुले प्रिन्ट र स्टेशनरीबाट व्यवस्थापन ठूला रकम कमिसन लिने गरेको हो भन्दै आवाज समेत उठाएका थिए ।

बैंकका सिईओ संजीवको चतुराईले बैंकको अवस्था दिनप्रतिदिन खस्कदो अवस्थामा छ । बैंकको खर्चहरुको शिर्षकमा हरेक शिर्षक अन्तरगत अन्तिममा अन्य शिर्षक राखी करोडौ रकम खर्चमा देखाइएको छ । यसको मतलव हिसाव मिलाउन सिईओले यस्तो गरेका हुन् । खर्च देखाउन कुनै विषयवस्तु नभएपछि अन्य शिर्षकमा राखिएको बैंकको एक कर्मचारीले बताएका छन् ।

बैैंकको कर्मचारी खर्च अन्तरगतकोे अन्य खर्चमा बैंकले ७ करोड ७१ लाख ५६ हजार २७१ रुपैयाँ, अन्य संचालक खर्च अन्तरगतको अन्य खर्चमा १ करोड ७६ हजार ५३ हजार ६३६ रुपैयाँ, प्रशासन कार्यालय खर्च अन्तरगतको शिर्षकमा अन्य खर्चमा ३ करोड २२ लाख ४० हजार ८ सय रुपैयाँ र शुल्क र कमिशन खर्चमा अन्तरगत अन्य शिर्षक राखी ९ करोड ७ लाख ८४ हजार १७० रुपैयाँ खर्च देखएको छ ।

बैंकले कमाएको नाफा खर्चको शिर्षक अन्तरगतको अन्य शिर्षकमा ठूलो रकम खर्च देखाएपछि सेयरधनीले राम्रो प्रतिफल नपाउनुको मुख्य कारण पनि यही हो । बैंकको नाफामा रजाई गर्न पल्केका सिईओ संजीव मानन्धरले मनोरन्जन खर्चलाई पनि अन्य खर्चमा हालेका छन् । आफूलाई सेयरधनीहरुमाझ सरल व्यक्तित्व देखाउन सिपालु सिईओ संजीव मानन्धरले मनोरन्जन खर्चको शिर्षकमा भने जिरो राखेका छन् । बैंकको खराब कर्जाले बैंक यति बेला धरासायीमा पुगेको छ ।

यो पनि 

'सेयरधनीमारा' प्राइम कमर्सियल बैंकले कर्मचारीलाई ७६ करोड बाँड्यो, संचालकहरुले कुम्ल्याए लाखौं लाख !


प्रतिक्रियाहरू

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

Rabindra Regmi

1 year ago

रास्ट्रबैंक नियमक निकाय काम के त ??

सम्बन्धित खबर