'सेयरधनीमारा' प्राइम कमर्सियल बैंकले कर्मचारीलाई ७६ करोड बाँड्यो, संचालकहरुले कुम्ल्याए लाखौं लाख !
काठमाडौं । सेयरधनीलाई लाभांश नदिने प्राइम कमर्सियल बैंकका संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले कर्मचारीलाई भने करोडौ रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष २०८०/८१ मा यस बैंकले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) दिएको थियो । यता, यस आर्थिक वर्षमा बैंकले कर्मचारीलाई बोनस बापत ५६ करोड ७ लाख ८१ हजार ९६८ रुपैयाँ बाँडेको छ । यस बैंकमा १ हजार ७ सय १३ जना कर्मचारी रहेका छन् । जसमा ९ सय ९१ जना पुरुष र ७ सय २२ जना महिला रहेका छन् ।
यस आर्थिक वर्षमा बैंकको बोनस समेत कर्मचारी खर्च २ अर्ब ४ करोड ७४ लाख ३२ हजार ७१ रुपैयाँ खर्च गरेको छ । अन्य बाणिज्य बैंकको तुलनामा धेरै हो । यस यस आर्थिक वर्षमा बैंकका संचालकहरुलेपनि राम्रै रकम गोजीमा हालेका छन् । संचालकहरुले फि भनेर ३५ लाख ५५ हजार रुपैयाँ र खर्च भनेर २१ लख ९५ हजार ९५३ रुपैयाँ गोजीमा हालेका छन् । संचालकहरुको खर्च पनि अन्य बैंकको तुलनमा धेरै नै बढी भएको सेयरधनीहरुले बार्षिक साधारणसभा पनि उठाएका थिए । बैंकले यस आर्थिक वर्षमा सिईओ संजीव मानन्धरलाई तलव भत्ता गरी १ करोड ५५ लाख ७७ हजार ८७ रुपैयाँ खर्च गरेको छ ।
बैंकको संचालक समितिको अध्यक्ष राजेन्द्र दास श्रेष्ठ र सिईओ संजीव मानन्धरको मिलोमतोमा बैंकमा लुटतन्त्र मच्चाएको बैंकका कर्मचारीहरु बताउँछन् । यता, बैंक पछिल्लो समय गम्भीर वित्तीय र व्यवस्थापकीय समस्यामा फसेको संकेत देखिएको छ । विशेषतः बैंकको निष्क्रिय कर्जामा उच्च वृद्धि देखिएको छ । यसले बैंकले प्रवाह गरेका कर्जाको गुणस्तरमा गम्भीर कमजोरी देखिएको पुष्टि गर्छ ।
कर्जाको असुली दर घट्नु, परियोजना छनोट र स्वीकृतिमा निष्पक्षता नहुनु, र ठूला पहुँचवालाहरूलाई प्राथमिकता दिनुजस्ता कारक तत्वहरू यस अवस्थाको मूल कारणका रूपमा देखिन्छन् ।
बैंकले हालसम्म कराडौँ रकम कर्जा नोक्सानी प्रावधान छुट्याउनुपरेको छ, जसले झनै स्पष्ट गर्छ कि जोखिम व्यवस्थापन प्रणाली कमजोर हुँदै गएको छ । बैंकले स्टेशनरीमा समेत करोडौं रकम अपचलन गरेको देखिएको छ ।
यो पनि
Shares