सिनर्जी पावर डेभलपमेन्टको १९ औं बार्षिक सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १९ औं बार्षिक साधारणसभा आज भव्यरुपले सम्पन्न भएको छ ।
बौद्ध हेरिटेड काठमाडौंमा सम्पन्न सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यसै गरी सभाले नियामक निकायबाट पुँजी संरचना परिवर्तनको स्वीकृती लिन वा कम्पनीको संशोधित प्रबन्ध पत्र तथा नियमावलीमा कुनै थपघट वा संशोधन गर्न आवश्यक छ भनि निर्देशन दिएको खण्डमा उक्त कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षक नियुक्त गर्नुको साथै निजको पारीश्रमिक समेत तोकेको छ । सभाले १ महिला सहित ४ जना संचालक निर्वाचित गरेको छ । यस अघि विविध कारणले दुई पकट सम्म स्थगित भएको सभा आज सम्पन्न भएको हो ।
यो पनि
सिनर्जी पावर डेभलपमेन्टको १९ औं बार्षिक साधारणसभाबाट ५ जना संचालक निर्वाचित
Shares