सिनर्जी पावर डेभलपमेन्टको १९ औं बार्षिक साधारणसभाबाट ५ जना संचालक निर्वाचित

अर्थकागज
प्रकाशित: १९ माघ २०८२
Image description

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १९ औं बार्षिक साधारणसभाबाट ४ जना संचालक निर्वाचत भएका छन् भने सभाले १ जना स्वतन्त्र संचालकलाई अनुमोदन गरेको छ ।

आज भव्यरुपले बौद्ध हेरिटेड काठमाडौंमा सम्पन्न सभाले इन्द्र बहादुर थापा, सुरेन्द्र बहादुर खड्का, प्रतिकराज अधिकारी र निरु केसी कार्कीलाई संचालकमा निर्वाचित गरेको हो । त्यसै गरी सभाले स्वतन्त्र संचालकमा लक्ष्मणनाथ उप्रेतिलाई अनुमोदित गरेको कम्पनी सचिव ध्रुवराज शर्माले जानकारी दिए ।

यो पनि 

सिनर्जी पावर डेभलपमेन्टको १९ औं बार्षिक सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित


प्रतिक्रियाहरू

सम्बन्धित खबर