नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सिईओ ज्योति प्रकाश पाण्डेको लुटतन्त्र : आफूले बोनस १ करोड ६ लाख बुझे , सेयरधनीलाई छैन् !

अर्थकागज
प्रकाशित: ०९ फागुन २०८१
Image description

काठमाडौं । दिनप्रति दिन वित्तीय सुचाकहरु खस्किदै गएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले करोडौं रुपैयाँ बोनस लिएका छन् । बैंकको सिईओ ज्योति प्रकाश पाण्डले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ६ लाख १५ हजार ३६० रुपैयाँ बोनस बुझेका छन् । विगत केही वर्षदेखि बैंकले सेयरधनीलाई भने लाभांश दिन सकेको छैन् । सेयरधनीलाई लाभांश दिन नसकेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति प्रकाश पाण्डले ठूलो रकम बोनस बुझेपछि यति बेला बैंक तथा वित्तीय क्षेत्रमा चर्चाको विषय बनेको छ । मिलाएर राजकिय भाषा बोल्न सिपालु नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सिईओ ज्योति प्रकाश पाण्डेले नियमित खाजा समेत ५ तारे होटलबाट बैंकको नामबाट खाने गरेको किस्सा त बैंकिङ्ग वृतमा पुरानो भएको छैन् । बैंकमा सर्व साधारण सेयरधनीहरुको हिस्सा ५१ प्रतिशत रहेको कुरालाई सिइओ ज्योति प्रकाश पाण्डेले हेक्का नराखी बैंकबाट आफूखुसी लाभ लिएको एक कर्मचारीले अर्थ कागजलाई बताए । सेयरधनीलाई भेट्न सिइओ ज्योति प्रकाश पाण्डेले बन्देज लगाएका छन् ।

सिइओ ज्योति प्रकाश पाण्डेलाई भेट्न बैंकमा पटक पटक भेट्न गएपनि सिईओको पिए मुनालाई मात्र भेटेर फर्किनु परेको सेयरधनी घनस्याम श्रेष्ठले बताए । बार्षिक साधारणसभा हलमा भेटे हुनेमा श्रेष्ठ ढुक्का छन् । गत आर्थिक वर्ष २०७९/८० को ३७ औं बार्षिक साधारणसभामा सेयरधनीले बैंकको बारेमा बुझ्न सिईओलाई भेट्न नसकिने भनेर चर्काे विरोध गरेका थिए । सेयरधनीले चर्काे विरोध गरेपछि सिइओ ज्योति प्रकाश पाण्डले सेयरधनीलाई आफ्नो नम्वरमा म्यासेज गर्न अनुरोध थिए । बार्षिक साधारणसभा सकिएपछि सिइओको नम्वरमा बारम्बार म्यासेज गरेपनि वास्त नगरेको श्रेष्ठको गुनासोे छ । सिईओ र कही उच्च व्यवस्थापनको कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डुब्ने खतरा बढ्दै गएको छ । यस बैंकबाट लोन लिन व्यवसायीहरु डराई रहेका छन भने बचत कर्ताहरु आफ्नो बचत रकम निकाल्ने क्रम बढ्दो क्रममा रहेको छ ।

यो पनि 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिईओ ज्योति प्रकाश पाण्डेको तलव/भत्ता ३ करोड ६ लाख, ३ जना सुरक्षा गार्डको व्यवस्था !



प्रतिक्रियाहरू

शंकरराज लुईटेल

1 month ago

आफू खुसी लिन पाउने हाेकी व्यव्थापनले निर्णय गर्नु पर्छ । सबै सञ्चालक काे पनि मिलेमताे छ कि? हैन भने किन चुपचाप । सिइयाेले तेत्राे घाेटाला गर्दा ।

सम्बन्धित खबर