नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !

प्रकाशित:
०७ पुस २०८०

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्यहरुले बैठक भत्ता बापत लाखौंलाख रुपैयाँ बुझेका छन् ।
आर्थिक वर्ष २०७९/२०८० मा संचालक समितिका सदस्य बिश्वेश्वर सुवेदीले ३ लाख २० हजार रुपैयाँ, नवराज नेपालले ३ लाख २५ हजार रुपैयाँ, सोमनाथ सापकोटाले ३ लाख १० हजार रुपैयाँ कञ्चन प्रकास पाण्डेले ३ लाख १० हजार रुपैयाँ र शुशिला कुमारी शर्माले ३ लाख १९ हजार ७६४ रुपैयाँ बुझेका छन् । यस कम्पनीको संचालक समितिको कार्यकारी अध्यक्ष कुमार पाण्डेले असुरक्षित ऋण भन्दै कम्पनीबाट करोडौं रुपैयाँ लिई व्यक्तिगत खर्च गर्दै आईरहेका छन् । (कुमार पाण्डेको असुरक्षित ऋणको समाचार अर्का भागमा)
कम्पनीले लन्च खर्च र खाना र नास्ता दुई शिर्षक बनाई कम्पनीको पैसा खर्च गरेको देखिएको छ । कम्पनीले कानुनी उपचार खर्चमा मात्रै २ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीबाट संचालकले गरेको खर्चलाई विभिन्न शिर्षक बनाई रकम खर्च गरेको देखाएर सेयरधनीलाई उल्लु बनाएका छन् । कम्पनीले वेब होस्टिंगको नाममा १ लाख ९० हजार खर्च गरेको छ । यता, कम्पनीको वेभसाईट भने पैसा नतिरे बन्द छ ।
कम्पनीले २०७९/२०८० को वार्षिक साधारणसभा भने गर्न सकेको छैन । दुई पटक सम्म साधारणसभा बोलाएपनि कोरम नपुगेपछि साधारणसभा स्थगित भएको छ । कम्पनीमा संचालक समितिले गरेको हकप्रद सेयरबाट उठाएको रकमको दुरुपयोग, कम्पनीको नाममा संचालकको परिवार भ्रमण, ज्योति विकास बैंकबाट लिएको ऋणको काण्ड त विस्तारै बाहिर आउने क्रममा छ ।
यो पनि
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares