दाबी भुक्तानी नदिने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ वर्षमा मनोरन्जन गरेर सकायो झण्डै २ करोड
काठमाडौं । संस्थागत शुसाशन कमजोर बन्दै गएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा मनोरन्जनमा मात्रै झण्डै २ करोड खर्च गरेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार अतिथि मनोरन्जनमा १ करोड ६८ लाख ४२ हजार २६४ रुपैयाँ खर्च गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड २७ लाख ९१ हजार ७०४ रुपैयाँ खर्च गरेको थियो । गत आर्थिक वर्ष भन्दा यो वर्ष आर्थिक वर्ष मनोरन्जन खर्च ४० लाख ५० हजार ५६० रुपैयाँले बढेको हो ।
अन्य बीमा कम्पनीले खर्च कटौति गरेको बेलामा यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खर्चमा भने खुलेर गरेको देखिन्छ । विशेष यस कम्पनीको संचालक र सिईओले खुलेर खर्च गर्ने कम्पनीका एक कर्मचारीले सुनाए । कम्पनीका संचालक र सिईओले परिवारमा हुने अधिकांश खर्च कम्पनीको नाममा बील पेश गर्दै आईरहेको छ । विशेष गरी सिईओ चंकी क्षेत्रीको रमाईलो बानीले कम्पनीमा खर्चमा भार पर्दै आईरहेको ती कर्मचारी सुनाउँछन् । मनोरन्ज संचालक र सिईओ गर्ने खर्च चाही अथिति मनोरन्जन शिर्षकमा राख्ने यो पब्लिक कम्पनीको हिजोदेखि नै चल्दै आएको चलन पनि हो ।
निर्जीवन कम्पनीमा दिन प्रति दिन नराम्रो छबि बनाउँदै आएको यस कम्पनीमा बीमा गर्ने बीमितले दाबी भुक्तानी नपाएर पीडित हुने संख्या ठूला छ । महिना देखि होइन, बर्षैदेखि दाबी भुक्तानी पीडित बीमित यस कम्पनीमा धेरै रहेका छन् । दाबी भुक्तानी अशुली गरिदिन्छु भनेर ठूलो रकम कमिशन खाने यस इन्स्योरेन्सका हाकीमहरुको बानी पहिलादेखि नै हो । यस कम्पनीको वित्तीय कागजी फाइलमा नेपाल बीमा प्राधिकरणले एक पटक राम्ररी पावरवाल चस्मा लगाएर अनुसन्धान र अनुगमन गर्न जरुरी देखिन्छ ।
यो पनि
Shares