लगानीकर्ताले सेयर बेचेको पैसा नदिने ब्रोकर नं. २० सिप्ला सेक्युरिटिजलाई नेप्सेको कारबाही

अर्थकागज
प्रकाशित: २१ असार २०८२
Image description

काठमाडौं । ब्रोकर नम्बर २० अर्थात् सिप्ला सेक्युरिटिजलाई नेप्सेले कारवाही गरेको छ । नेप्सेले कम्पनीलाई ३ दिनको लागि निलम्बन गरेसंगै सो ब्रोकरमा आवद्द लगानीकर्ताले ३ दिनको लागि सेयर कारोबार गर्न नपाउने भएका हुन् । ब्रोकरले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ब्रोकरलाई ३ कार्य दिनको लागि कारोबार गराउनबाट वञ्चित गर्न नेप्सेलाई सिफारिस गरेको थियो।

ब्रोकर नं. २० (सिप्ला सेक्युरिटिज) को बदमासी ! लगानीकर्ताले सेयर बेचेको १० करोड नदिएपछि नेप्सेमा पर्यो उजुरी

सोहि बमोजिम नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम ब्रोकरलाई असार २३ गतेबाट लागु हुने गरि ३ कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।

यस ब्रोकरबाट कारोबार गर्ने लगानीकर्ताले भुक्तानीमा धेरै दुख पाउने गरेका छन् । यस ब्रोकर कम्पनीले सेयर बेचेको पैसा नदिने गुनासो लगानीकर्ताले गर्दै आईरहेका छन् । बेला बेलामा सेयर बेचेको पैसा नदिएपछि पैसा उठाउन लगानीकर्ताहरु नेप्सेको हारगुहार माग्ने गरेका छन् । केही महिना अगाडि एक चर्चित लगानीकर्ताले आफूले सेयर बिक्री वापतको ७ करोड रुपैयाँ र ३ करोड रुपैयाँ ब्याज सहित १० करोड रुपैयाँ भुक्तानी पाउँ भनी नेप्सेमा उजुरी दिएका थिए ।


प्रतिक्रियाहरू

shivaprashadgyawali@gmail.com

9 months ago

must be cancele Broker license

सम्बन्धित खबर