माछापुच्छ्रे बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०६ असोज २०८०
Image description

काठमाडौं । माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

अर्थात आजसम्म खातामा सेयर हुने लगानीकर्ताले माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागि हुन पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज आइतबार असोज ७ गतेसम्मका सेयरधानीले लाभांश पाउनेछ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने दिने घोषणा गरिसकेको छ । 

साधारणसभाले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर