प्रभु बैंकको सिइओ अशोक शेरचनको नियुक्ति बैशाख ९ गतेसम्म योग्य, बैंकको खुद नाफा ५१ करोड, खर्च ६ अर्ब ७२ लाख
काठमाडौं । पछिल्लो समय खस्किदै गएको प्रभु बैंक लिमिटेडको संचालन खर्च २३.४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ बार्षिक प्रतिवेदन अनुसार बैंकको संचालन खर्च ६ अर्ब ७२ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा संचालन खर्च ५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ रहेको थियो । यो संचालन खर्च गत वर्षको तुलनामा २३.४६ प्रतिशतले बृद्धि हो । बैंकको गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफा ५१ करोड ८ लाख रहेको छ ।
बैंकको हरेक खर्चको शिर्षकमा बृद्धि भएको छ । प्रभु बैंकमा सिईओ अशोक शेरचनको आफुखुसी खर्चको बृद्धिले सेयरधनीको प्रतिफलमा धक्का लाग्दै आईरहेको छ । बैंकमा खर्च कटौति गर्नु पर्ने ठाउँमा सिईओ शेरचन आफ्नो स्वार्थ पुरा गर्न बैंकलाई आर्थिक भार बोकाउँदै आएका छन् । व्यक्ति गत पारिवारिक खर्च बैंकको नाममा बिल पेश गर्ने सिइओ शेरचनको पुरानै बानी भएको एक कर्मचारीले अर्थ कागजलाई सुनाए । नातावादी र कृपावादमा बैंकको कर्जा पसेपछि सिइओ शेरचन यतिवेला तनावमा छन् । पछिल्लो समय बैंकका कर्मचारी र सेयरधनीपनि सिईओ शेरचनको कामकारवाहीप्रति रुष्ट भएका छन् । सिईओ शेरचनको नियुक्ति विषयले बैंक तथा वित्तीय क्षेत्रमा तरङ्ग समेत फैलिएको थियो । बैंकका सिइओ शेरचनको नियुक्ति अवधि २०८२ बैशाख ९ गतेसम्म रहेको छ । प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति खारेजीको मुद्दामा अदालतले यो मितिलाई तोकेको छ ।
अदालतको फैसला अनुसार शेरचनले २०८२ वैशाख ९ गतेसम्म सीईओको रुपमा काम गर्न पाउने छन् । उच्च अदालत पाटनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया), २०७३ मा भएको सीईओको कार्यकालसम्बन्धी व्यवस्थालाई यस्तो व्याख्या गरेको हो ।प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति खारेजी गरि पाउँ भनी दायर मुद्दा खारेज गर्दै उच्च अदालतले उनको कार्यकाल २०८२ वैशाख ९ गतेसम्म योग्य रहेको ब्याख्या गरेको हो ।
यो पनि
प्रभु बैंकको विज्ञापन खर्च २१ करोड, कमिसनको खेलमा हाकिमहरू
Shares