स्वावलम्बन लघुवित्तको संचालक उमा जोशीको सेयर नै छैन, कुन संचालकको सेयर स्वामित्व कति ?


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको सदस्य उमा जोशी बोहरासँग संस्थाको सेयर नभएको खुल्न आएको छ । कुनै पनि पव्लिक कम्पनीको संचालक समितिको सदस्य हुन न्युनतम १०० कित्ता हुने व्यवस्था छ । तर, संचालक बोहरासँग लघुवित्तको संस्थापक र व्यक्तिगत कुनै पनि सेयर छैन् ।
स्वावलम्बन लघुवित्तको व्यवस्थापन खर्च १ अर्बमाथि, संचालकको तलव/भत्ता २२ लाख, सिइओेको तलव/भत्ता कति ?
कम्पनीको संचालक सुमित्रा मान्धर गुरुङ्गसँग संस्थागत ३२ लाख ९४ हजार ६४४ कित्ता र व्यक्तिगत ७५ हजार ६३६ कित्ता, संचालक विष्णु प्रसाद त्रिपाठीसँग व्यक्तिगत ७२० कित्ता, संचालक सन्दिप बाबु पौडेलसँग संस्थापक १२ लाख ४२ हजार ५१० कित्ता, संचालक राम प्रसाद पाण्डेसँग व्यक्तिगत ४ हजार १६६ कित्ता, संचाकल बेचन गिरीसँग संस्थागत ३२ लाख ९४ हजार ६४४ कित्ता र मेख बहादुर थापा ठाडासँग संस्थागत १४ लाख ९४ हजार १४३ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी कम्पनीको सहायक महाप्रबन्धक चन्द्रमणि चौलागाई सँग ५ हजार १४१ कित्ता, विभागीय प्रबन्धक राजन प्रसाद भट्टराईसँग ३ हजार ६४८ कित्ता र विभागीय प्रबन्धक मोहन प्रसाद भट्टराईसँग ५ हजार १ ३५ कित्ता सेयर स्वामित्व रहेको छ ।
कसको कति सेयर स्वामित्व ?
Shares