एभरेष्ट बैंकले दशैं खर्चको लागि सेयरधनीको खातामा आजैदेखि नै नगद लाभांश जम्मा गरिदिन्छ: सुदेश खालिङ-सिईओ
प्रकाशित:
१९ असोज २०८१
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दशैं खर्चको लागि नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आज अर्थात आइतबार आम्रपाली ब्याक्वेटमा सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीको खातामा जम्मा गर्न थालेको हो । साधारणसभालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङले भने-'नगद लाभांश आजदेखि नै सेयरधनीको खातामा हाल्नेछौं, बोनस सेयरचाही दशैंको छुट्टि सकिए लगत्तै सेयरधनीको खातामा हाल्ने छौं ।'
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभंश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।
यो पनि
- एभरेष्ट बैंकको संचालक समितिमा पुन : नविन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित
- एभरेष्ट बैंकको साधारणसभा भव्यरुपले सम्पन्न, १५.५३ प्रतिशत लाभांशसहित सबै एजेण्डा पारित
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares