अपि पावरको हकप्रद सेयर आजदेखि लिलामीमा, शिलबन्दी बोलपत्र पेश कहाँ गर्ने?

अर्थकागज
प्रकाशित: १७ असोज २०८०
Image description

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज अर्थात असोज १७ गतेदेखि हकप्रद सेयर शिलबन्दी बोलपत्र द्धारा बिक्री खुला भएको छ । कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

'अपि पावर कम्पनी दक्षिण अफ्रिकामा पाइने ब्लाक डाइमण्ड (कोहिनुर) हो': संजिव न्यौपाने-प्रबन्ध निर्देशक, अपि पवार कम्पनी

यस अघि कम्पनीले निश्कासन गरेको हकप्रद सेयरमध्ये बाँकी रहेको सेयर लिलामी मार्फत बिक्री खुला गरिएको कम्पनीले जनएको छ । लगानीकर्ताले असोज २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश कहाँबाट दिने ?

यस कम्पनीले निश्कासन गरेको सेयरमा व्यक्ति गत र संस्थागत दुवै लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायण चौर नक्कसाल काठमाडौं, मुक्तिनाथ विकास बैंकका सवै लिमिटेडका शाखा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाँगलुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नुहुनेछ ।


प्रतिक्रियाहरू

Arjun ksrki

1 year ago

खरिद गर्ने हो।

सम्बन्धित खबर