ग्लोबल आइएमई बैंकको सिईओको तलव/भत्ता २ करोड २७ लाख, कुन शिर्षकमा कति खर्च ?
=यि हुन् सबै भन्दा ठूला बैंक 'ग्लोबल आइएमई बैंक' को ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव/भत्ता लगायत विभिन्न शिर्षकमा गरी २ करोड २७ लाख ६० हजार ६७३ रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओमा सुरेन्द्र राज रेग्मीले रहेका छन् । बैंकले सिइओलाई तलव ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता ५० हजार ४० लाख रुपैयाँ, संचय कोष ७ लाख ५९ हजार ६ सय रुपैयाँ, विदा बापतको भुक्तानी १२ लाख ८ हजार ७८६ रुपैयाँ, दशैं भत्ता १० लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी बैंकले सिईलाई कर्मचारी बोनस वापत ६५ लाख ८ हजार ४६१ रुपैयाँ, टेलिफोन र मोबाइल खर्च वापत ५८ हजार ९९८ रुपैयाँ, सवारी साधन मर्मत १ लाख ८३ हजार ८२८ रुपैयाँ र इन्धन ३ लाख ७२ हजार रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकका सहायक प्रबन्धक तह सम्मका पदाधिकारीहरुलाई तलव/ भत्ता र संन्चय कोष समेत गरी ६४ करोड ३२ हजार ७५९ रुपैयाँ खर्च गरेको छ । यसमा बोनस छैन् । बैंकले कम्पनी सचिवलाई तलव बापत २२ लाख ९३ हजार ५ सय रुपैयाँ दिइएको छ ।
Shares