कति जानकार छन त पुँजीबजार बारे लगानीकर्ताहरु ?

प्रकाशित:
१४ जेठ २०८१

पछिल्लो समयमा सेयर बजारमा लगानीकर्ताहरुको प्रबेश बढेको छ । सेयरबजारको प्राथमिक बजार आईपीओ आबेदन गर्ने लगानीकर्ताहरु २४ लाख भन्दा बढि भइसकेका छन् । पछिल्लो समयमा कुनै पनि कम्पनीकको प्राथमिक सेयर निष्काशन भए पनि आईपीओमा आबेदन दिने हरु बढिरहेका छन् । सेयरबजारमा लगानी गर्नको लागि ६० लाख बढिले डिम्याट खाता खोलि सकेकको सरोकारवालाहरु बताउँछन् । त्यसोत डिम्याट खाता खोल्नेहरु आधा करोड नाघिसकेका भए पनि आईपीओमा आबेदन दिनेहरु भने २५ लाखको हाराहारीमा मात्र देखिन्छ भने सेयर बजारको दोश्रो बजारमा सकृय लगानीकर्ताहरु पनि ढिरहेका रहेको सरोकारवालाहरु बताउँछन् । त्यसोत, आईपीओको लगानीकर्ताहरुको गन्तव्य भनेको पनि दोश्र।ो बजार नै हो । आईपीओ परेको सेयर बच्ेनको लागि दोश्रो बजारमा छिर्न पर्ने नै हुन्छ । तर पनि प्रथामिक बजारका लगानीकर्ताहरु भन्दा दोश्रो बजारका लगानीकर्ताहरु भने कम नै रहेका छन भन्दा पनि फरक नपर्ला । आधा करोड भन्दा बढि लगानीकर्ताहरु भएको बताए पनि कतिपय एकजना लगानीकर्ताको २ वटा डिम्याट खाता रहेको पनि सरोकारवालाहरु र स्वयम लगानीकर्ताहरु नै बताउँछन् । तयसोत कतिपयको डिम्यात खाताहरु निस्कृय पनि भइसकेको होला ।
आधा करोड भन्दा बढि लगानीकर्ता भएको सेयरबजारमा लगनीकर्ताहरु सेयरबजारको बारेमा कतिको जानकार छन त ? २४ लाख भन्दा बढिले आईपीओ सेयरमा आबेदन दिए पनि सेयरबवारको बारेमा जानकारी राख्ने हुने कम मात्रै होलान भन्दा पनि फरक नपर्ला । त्यसोत, पछिल्लो समयमा नक्कली डिम्याट खाताहरु प्नि प्रशस्त रहेको पनि चर्चाहरु छन् । कतिपयको भनाइमा एकजना ले सयौको नागरिकता जम्मा गरेर पहुँच र चिनेजानेको आधारमा खाताहरु खेलेर आईपीओ सेयर भर्ने गरेको पनि चर्चा छ । यसले पनि डिम्याट खाताको सख्या बढेको भनेर पनि भन्नेहरु नभएको होइनन् । त्यसोत कतिपय जानकारहरुको भनाइमा बच्चा जन्मेको २ महिना नहुँदै खाताहरु खोलेर नाबालकको नाममा आईपीओ शेयर भर्ने गरेको पनि भनाइ रहेका छन् । त्यसोत, आधा करोड भन्दा बढि लगानीकर्ताहरु भइ सकेको भए पनि लगभग ४० प्रतिशत जति त नाबालकहरु नै हुन सक्ने सरोकारवालाहर बताउँछन् । त्यसोत आईपीओ शेयर भर्नेको लागि नागरिकता अनिबार्य भएकोले नाबालकको नामा आईपीओ भर्न पाउन नियम न्यायोचित भएको बताउँछन् । यसमा पुनराबलोकन हुनु पर्ने पनि कतिपयको भनाइ रहेका छन् । त्यसोत, आईपीओमा आबेदन दिने बढे संगै तलदेखि माथिसम्म यसमा बिकृति बढेको छ भनेर पनि भन्ने गरेका छन् भने आईपीआको आबेदन रद्ध हुनेको सख्या पनि बढिरहेको देखिन्छ ।
कतिपयले १० कित्ते नीतिले बिकृति ल्याउको भनेर पनि भन्ने गरेका छन् । यसलाई हटाउनु पर्छ भनेर कतिपय सेयरबजारका ठूलाबडा सेयरका खिलाडि जसलाई सेयरबजारका माफिया भनेर पनि कतिपयले भन्ने गरेकाहरु लागि परेको छन भन्दा पनि फरक नपर्ला । नेपाल उद्योग बाणिज्य महासघको पुँजी बजार बिकास फोरम नै १० कित्ते नीति हटाउन लगि परेको देखिन्छ । यसले नेपाल धितोपत्र बोर्डलाई १० कित्ते नीति हटाउनको लागि ज्ञापनपत्र पनि दिइसकेका थियो । त्यसोत पछिल्लो सेबोनको गतिबिधिलाइ हेर्दा सेबोन पनि ठूलाबडा लगानीकर्ताहरुको ब्रोकर कम्पनिहरुको दवाबमा वा आर्थिक लाभमा परेको जस्तो पनि देखिन्छ । अधिकाश लगानीकर्ताहरुको भनाइ १० कित्ते नीतिलाई हटाउन नहुने रहेका छन् । यदि १० कित्ते नीति हटाइएमा सेबोन पनि सेयरबजारका माफियाहरुको चंगुलमा रहको बुझ्न पर्ने लगानीकर्ताहरको भनाइ रहेका छन् ।
त्यसोत, पछिल्लो समयमा परिवारका सबैजसो सदस्यहरुको आईपीओमा आबेदन परेको बताउछन् । जन्मेको २ महिनाको नाबालक देखि जेष्ठ नागरिकहरुको आबेदन दिने गरेको देखिन्छ । यसकारणले पनि आईपीओमा आबेदन दिनेको चाप बढेको भन्ने चर्चा पनि छ । यसकारणले पनि सेयरबजारमा या नि प्राथमिक बजारका लगानीकर्ताहरु कतिको जानकार भन्दा पनि अरुको लहलहैमा अरुको देखासिकि गरेर र एकजना सेयरबजार सम्बन्धि जानकनारले आफ्ना परिवारका सबै सदस्यहरुको सेयर भर्ने गरेको चर्चा छ । कतिपय जेष्ठ नागरिकहरु त आफ्नो नाम मात्र लेख्न सिकेर बैंकमा खाता खोल्नको लागि आउने गरेको र २ महिनाकोे नाबालकहरुको खाता खोल्न आउने गरेको पनि कतिपय बैंकरहरु बताउँछन् । अब यसलाई बिकृति भन्ने वा के भन्ने । पछिल्लो समयमा प्राथमिक बजारमा यस्तै जमात बढिरहेको देखिन्छ । पछिल्लो समयमा आधा करोड भन्दा बढिले डिम्याट खाता खोलि सकेको भए पनि सेयर बजार सम्बधि जानकारहरु कति प्रतिशत छ होला अनुमान गर्न गा¥हो छैन । सेयरबजार सम्बन्धि जानकारी राख्ने एकजना लगानीकर्ताले आफ्नो सबै जसो परिवारको सेयर कारोबार गर्नेहरु थुप्रै रहको सरोकारवालाहरु बताउँछन् । त्यसोत कतिपयले प्राथमिक बजारमा मात्र लगानी गरेर पनि केहि आर्थिक लाभ लिने गरेका छन् । यसलाइ सकारातमक रुपमा लिन पर्ने हन्छ । त्यसोत यसले सेयरबजारको दायरालाइ बढाएको छ । यसले सेयरबजारलाई फराकिलो बनाएको छ भन्दा पनि फरक नपर्ला । त्यसोत शेयरबजारमा लगानीकर्ताहरुको बढ्दो प्रबेशले सेयरबजारको अझ बिकास र बिस्तार हुने देखिन्छ ।
पछिल्लो समयमा प्राथमिक बजारमा सेयर खरिदको लागि आबेदन दिने थुप्रै आवेदकहरुले लगानीकताहरुले सेयर पाउन सकिरहेका छैनन् । कम्पनीले माग गरे भन्दा धेरै गुणा बढिले आबेदन पर्ने भएको कारणले र जारी गरेको सेयरको सख्या कम हुने कारणले आबेदन दिने सबै जसोले सेयर हात पार्न सकिरहेको अबसथा छैन । कतिपय सेयरबजार सम्बन्धि जानकारहरु र सरोकारवालाहरुले अब आईपीओ सेयरको मुल्य प्रति कित्ता ५० गरि धेरै कित्ता सेयरहरु जारी गर्न पर्ने हो कि भन्ने पनि भनाइ रहेका छन् । यसले बढि भन्दा बढि आबेदकहरुले सेयर पाउन सक्ने छ भन्ने पनि भनाइ रहेका छन भने धेरै जसो साना लगानीकर्ताहरुको पहुँच सेयरबजारको दोश्रो बजारमा पुग्ने बताउँछन जानकारहरु । यसले सेयरबजारको दायरालाइ अझ फराकिलो बनाउँछ । बिगतमा १० प्रति कित्तामा पनि सेयर जारी गर्ने प्रकृया त थियो । यसले धेरै भन्दा धेरै साना लगानीकर्ताहरुको पहुच पनि सेयरबजारमा पुगोस । त्यसोत, धेरै जसो लगानीकर्ताहरु प्राथमिक बजारमा मात्र सिमित भइरहेको पनि देखिन्छ । सेयरबजारको दोश्रो बजारमा साना लगानीकर्ताहरुको सकृय पहुच त्यति पुग्न सकिरहेका छैनन भन्दा पनि फरक नपर्ला । सेयरबजारको दोश्रो बजार धेरै जसो ठुला लगानीकर्ताहरुको बिच नै घुमिरहेको देख्न सकिन्छ ।
यसकारणले पनि ठूला लगानीकर्ताहरुले सेयरबजारलाइ आफु अनुकल पार्न बिभिन्न प्रचार प्रसार पनि गर्ने गरेको बताउँछन सरोकारवालाहरु । धेरै जसो ठूलाबढा लगानीकर्ताहरुको आर्थिक अनलाइन पत्रिकामा आबद्ध रहेको पनि देखिन्छ । कतिपय लगानीकर्ताहरु र लगानीकर्ताहरुको नेता भनिनेहरुले त आर्थिक अनलाइन पत्रिका समेत सचालन गरिरहेको बताउँछन भने कतिपय सेयरबजारका बिश्लेषक भनिनेहरुलाई पनि आफ्नो अनुकल बिश्लेषण गर्न लगाइन्छ भन्ने पनि चर्चाहरु नभएका होइनन् । तर, पनि सेयरबजारमा प्रबेश गर्ने लगानीकर्ताहरुले सेयरबजार सम्बन्धि आधारभुत ज्ञान र जानकारी लिनु पर्ने देखिन्छ र सेयरबजारका लगानीकर्ताहरु सजग सचेत जानकार हुन पर्ने देखिन्छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares