समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँड कहिले ? यस्तो छ क्यापिटलको जवाफ !

अर्थकागज
प्रकाशित: २२ कात्तिक २०८१
Image description

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) अर्काे हप्ता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपिओ सामेबार वा मंगलबार बाँडफाँड गर्ने गरी तयारीका साथ काम भैरहेको छ ।

अर्थ कागज डट कमले क्यापिटललाई एफपिओ बाँडफाँड कहिले ? भनेर सोधेको थियो । क्यापिटलको जवाफ यस्तो छ-'एफपिओ आवेदनको डाटा भेरिफाईको काम धमाधम भैरहेको छ, बिचबिचमा विदा परेकाले केही बैंकको डाटा भेरिफाई गर्न बाँकी भएकोले आईतबार सम्म भेरिफाइ भैसकेको खण्डमा सोमबर वा मंगलबार बाँडफाँड गर्ने गरी काम भैरहेको छ ।'

यो पनि : ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले सेयरधनीलाई यसरी दिए धोका !

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म निश्कासन एफपिओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ । एफपिओमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट एफपिओ बाँडफाँट हुनेछ ।


प्रतिक्रियाहरू

Ram Bikash Mahato sudi

1 year ago

BIKASH MAHATO

Sujan Hyolmo lama

1 year ago

Mero chai pare huni ho sir garib manxeko

सम्बन्धित खबर