चन्द्र ढकालले दिए ग्लोबल आइएमई बैंकका सेयरधनीलाई धोका

अर्थकागज
प्रकाशित: २१ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका संचालक समितिका अध्यक्ष चन्द्र ढकालले सेयरधनीलाई धोका दिएका छन् । ढकालले ग्लोबल आइएमई बैंकका सेयरधनीमाथि लाभांशमा धोका दिएका हुन् । गत आर्थिक वर्ष २०७९/८० मा साधारणसभा हलमा सेयरधनीलाई २० प्रतिशत लाभांश दिने बचन प्रतिवद्धता गरेका थिए । बैंकको गत वर्ष मंसिर २८ गते १७ औँ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा गरेको थियो । बैंकले यस आर्थिक वर्ष २०८०/ ८१ मा ५.५० प्रतिशत लाभांश दिएपछि चन्द्र ढकालको बोलीको विश्वास गुमेको छ । चन्द्र ढकाल जस्तो व्यक्तिले सेयरधनीलाई उल्लु बनाएपछि पव्लिक कम्पनीको विश्वास गुम्दै गएको सेयरधनी नरेन्द्रमान श्रेष्ठले बताए । चन्द्र ढकालले गत वर्ष आफ्नो अनुकुलको प्रस्तावहरु पारित गराउन सेयरधनीलाई यस आर्थिक वर्षमा २० प्रतिशत लाभांश दिने झुटा कुरा गरेर धोका दिएको सेयरधनी श्रेष्ठले आरोप लगाएका छन् । गत वर्षको साधारणसभामा संचालक समितिको तलव भत्ता लगाएको सेवा सुविधामा ह्वात्तै बढाउने प्रस्ताव बैंकले अघि सारेको थिए । सेयरधनीहरुले सभाहलमा संचालक समितिको तलव भत्ताको विरोध भएको थियो । । तलव भत्ताको विरोध भएपछि बैंकका अध्यक्ष चन्द्र ढकालले सभा हललाई सम्बोधनमा आर्थिक वर्ष २०८०/ ८१ म २० प्रतिशत लाभांश दिने सेयरधनीलाई प्रतिवद्धता गरेसँगै तलव भत्ता लगायतको सेवा सुविधाको प्रस्ताव पारित गर्न सेयरधनीहरु मानेका थिए । गत वर्षको साधारणसभाबाट समयानुकुल भन्दै संचालक समितिको बैठक भत्ता अध्यक्षलाई प्रति बैठक भत्ता १७ हजारबाट प्रति बैठक भत्ता ३० हजार रुपैयाँ र संचालकहरुलाई प्रति बैठक भत्ता १५ हजार रुपैयाँबाट प्रति बैठक भत्ता २५ हजार रुपैयाँ बढाइएको थियो । त्यसै गरी  संचालकहरुलाई यातायात सञ्चार तथा पत्रपत्रिका सुबिधा भत्ता बापत मासिक १० हजार प्रदान गरिदै आएकोमा बढाएर मासिक ५० हजार रुपैयाँ पुर्याइएको थियो ।

पब्लिक कम्पनीका संचालक र सिईओले साधारणसभाबाट आफ्नो अनुकुलको प्रस्तावहरु पारित गराउन चन्द्र ढकालले जस्तै सेयरधनीलाई झुटा अति मिठा कुरा गरेर प्रस्ताव पारित गर्ने चलन हिजादेखि दै चल्दै आइरहेको छ । सेयरधनीहरुले पनि गत आर्थिक वर्षको साधारणसभामा संचालक र सिईओले साधारणसभामा गरेको प्रतिवद्धता यस आर्थिक वर्षको साधारणसभामा विर्सिसकेका हुन्छन् । जसले गर्दा पव्लिक कम्पनीको वित्तीय नाफामाथि संचालक र उच्च व्यवस्थापनको रजाई हुँदै आईरहेको छ । जसले गर्दा पव्लिक कम्पनीमा सेयरधनीलाई लाभांश दिनु भन्दा पनि संचालक र सिईओ आफ्नो तलव भत्ता लगायतको सेवा सुविधा थपेर कम्पनीको नाफा आफ्नो आम्दानी बनाउने खेल भैरहेको छ । जसको परिणाम स्वरुप सेयरधनीलाई साधारणसभामा एक छाक भातमासु खुवाउने, कम्पनीले कमाएको पैसा संचालक र उच्च व्यवस्थापन मिलेर आफ्नो बनाउने रणनीति प्रष्ट साधारणसभामा देखिन्छ । पब्लिक बैंक तथा वित्तीय संस्थाले साधरणसभामा प्रस्ताव पारित गर्ने बेलमा खाना खोल्ने गर्दछन् । सेयरधनीहरु खाना खान गएको बेलमा अधिकांश बैंक तथा वित्तीय संस्थाले सुटुक्क प्रस्तावहरु पारित गर्ने गरेका हुन्छन् । प्रस्तावहरु पारित गर्न सभाहलमा सेयरधनी नभएपछि बैंक तथा वित्तीय संस्थाले सभाहलमा मानिसहरु देखाउन कर्मचारीहरुको हुल जम्मा गरेका हुन्छन् ।

यो पनि

अर्काे वर्ष सेयरधनीलाई २० प्रतिशत लाभांश दिन्छौं : चन्द्रप्रसाद ढकाल,अध्यक्ष-ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको संचालकहरुका बैठक भत्ता बढ्यो, सिइओको तलव कति ?


प्रतिक्रियाहरू

नरेन्द्र मान श्रेष्ठ

5 months ago

अर्कोतिर साधारणसभा मा बाेल्ने केही भत्ता बाल भन्ने हरुले पनि यस्तोमा मद्दत हुनेगरि सभामा बाेल्ने गरेको कारण पनि यस्तो अबस्था अाउने गरेको शेयरधनिहरु बताउँछन्

bikash rai

5 months ago

हैट डुबाइ सकेछन।एक दुई कित्तो थियो अबो बोजर खुल्नासाथ फ्याकिन्छ

bikash rai

5 months ago

हैट डुबाइ सकेछन।एक दुई कित्तो थियो अबो बोजर खुल्नासाथ फ्याकिन्छ

bikash rai

5 months ago

हैट डुबाइ सकेछन।एक दुई कित्तो थियो अबो बोजर खुल्नासाथ फ्याकिन्छ

bikash rai

5 months ago

हैट डुबाइ सकेछन।एक दुई कित्तो थियो अबो बोजर खुल्नासाथ फ्याकिन्छ

सम्बन्धित खबर