बैंकको कारणले होइन, देवकोटाले व्यक्तिगत लेनदेनको कारणले आत्महत्या गरेका हुन्ः उपप्रमुख कार्यकारी अधिकृत सुवाल
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटाले असोज १५ गते (सोमबार) साँझ करिव ६ बजेतिर त्रिशुली नदिमा हाम फालेर आत्महत्या गरे ।
देवकोटाले आत्महत्याको बाटो रोजेपछि विभिन्न मिडियामा आआफ्नै स्रोतको अनुसार समाचार आउन थाले ।
अधिकांश मिडियाले बैंकको व्यवस्थापनको मानसिक यातनाको कारण आत्महत्या गर्न बाध्य भएको शिर्षकमा समाचार लखेपछि अर्थ कागज डट कमले बैंकका डेपुटी सीईओ बिजेन्द्र सुवालसँग देवकोटाको आत्महत्या अघि बैंकमा केकस्तो व्यवहार भएको थियो ? बैकको व्यवस्थापनले कर्जाको विषयमा मानसिक दिएको थियो रे ? लगायतको प्रश्न गरेका थियो ।
अर्थ कागजको प्रश्नमा डेपुटी सीईओ सुवालको जवाफ यस्तो थियो । “निराजन देवकोटाले आत्महत्या गर्नुमा बैंकको कुनै किसिमको दबाब छैन । देवकोटालजीको बाहिर मान्छेसँगे पैसाको लेनदेन रहेछ, उहाँले पैसा लिएर नदिएपछि उहाँ बैंकको कर्मचारी भएकोले पैसा लिनु पर्ने मान्छेले बैंकमा दुई हप्ताअगाडि आएर मेरो पैसा उठाइदिन सहयोग गरिदिनु पर्यो भनेर बैंकमा कम्प्लेन गरेको थियो । बैंकको कर्मचारी भएकोले हामीले कुरा के हो त ? भनेर देवकोटाजीसँग बुझ्न खोजेका थियौं, उहाँ अफिस आउनु भएन, उहाँसँग आउनु भएको साथीमात्र बैंकमा आउनु भएको थियो । देवकोटाजी बल्खुसम्म आउनु भएको थियो रे । त्यहाँबाटै फर्किनु भएछ । बैंकले पनि उहाँले कोसँग, कति र कहिले रकम लिनु भएको थियो भनेर बुझ्न खोजिरहेको थियो ।”
प्रहरीले देवकोटाको खोजी गरिरहेको धादिङ जिल्ला प्रहरी कार्यालय प्रवक्ता गौतम मिश्रले अर्थ कागजलाई बताए । उनले बा प्र ०३-००५ प ४१७६ नम्वरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हाम फालेका थिए । देवकोटा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखाको मेनेजर थिए । ३८ बर्षिय देवकोटाको घर हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा हो ।
बैंकर देवकोटाले चढेको मोटरसाइकल ।
यो पनि
नेशनल लाइफ कम्पनी विश्लेषण : कहिले हट केक, कहिले दिर्घकालिन लगानी !
Shares