‘हिमालयन ८०-२०’ म्युचुअल फण्ड नबिकेपछि हारगुहार !

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८०
Image description

काठमाडौं । हिमालयन क्यापिटलले निश्कासन गरेको हिमालयन म्युचुअल फण्ड ‘हिमालयन ८०–२०’ नबिकेपछि आवेदनको समय थप गरिएको छ ।

क्यापिटलले साउन ३२ गतेदेखि तामझामका साथ ‘हिमालयन ८०–२०’ म्युचुअल फण्ड निश्कासन गरेपनि संस्थागत र व्यक्तिगत लगानीकर्ताले नपत्याए पछि समय थप गर्नु परेको हो ।

कम्पनीले म्युचुअल फण्डको आवेदन मिति भदौ १५ गतेसम्म थप गरेको छ । मंगलबारसम्म केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार २८ हजार २२४ जना आवेदकबाट ३ करोड २० लाख ८७ हजार ६८० कित्ता इकाईको लागि आवेदन परेको छ ।


कम्पनीले ८ करोड ५० लाख इकाई कित्ता विक्री खुल्ला गरेको छ । ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा आवेदन सोचेअनुरुप आवेदन नपरेपछि प्रमुख कार्यकारी अधिकृत (सीइओ) परमेश्वर पन्तको टिमलाई यति खेर तनावको डिग्री दिनप्रतिदिन बढ्ने क्रममा छ ।

फण्ड व्यवस्थापन टिम हिजोआज हारगुहार गर्दै बैंक वित्तिय संस्थाका हाकिमहरुलाई लगानी गर्नु पर्यो भन्दै कम्पनी कम्पनीमा हिड्ने गरेका छन् । म्युचुअल फण्डमा लगानीगर्दा प्रतिफलको नपाईने सवै लगानीकर्ताले बुझिसकेका छन् । त्यसैले लगानीकर्ता ‘हिमालयन ८०–२०’ म्युचुअल फण्डमा लगानी गर्नबाट पछि हटेका हुन् । थप समाचार अर्काे भागमा ....

यो पनि पढौं ।

हिमालयन ८०-२०’ म्युचुअल फण्ड घाटाको सौदा- लगानीकर्ताहरु

होसियार ! हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहार्दै क्यापिटलका कर्मचारी

हिमालयन म्युचुअल फण्ड 'हिमालयन ८०-२०' लाई गरे संस्थागत र व्यक्तिगत दुवै लगानीकर्ताले बहिस्कार !

‘हिमालयन ८०-२०’ म्युचुअल फण्डलाई लगानीकर्ताले गरे बहिस्कार ! बजारमा ७ रुपैयाँमा पाइन्छ किन १० रुपैयाँ हाल्ने ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर