सेयरधनीलाई लाभांश नदिएको प्रभु बैंकको भ्रमण खर्च १ करोड ६८ लाख, मनोरञ्जन खर्च कति ?

अर्थकागज
प्रकाशित: २९ माघ २०८१
Image description

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन लगायत अन्य उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई रमाईलो बढी गर्ने भएपछि बैंकको भ्रमण खर्च र मनोरञ्जन खर्च बढेको छ । बैंकले खर्च गरिदिने भएपछि सिईओ र अन्य उच्च पदाधिकारीहरु खुलेरै घुमफिर गरेको देखिन्छ । बैंकको आर्थिक वर्ष २०८० ८१ को बार्षिक प्रतिवेदन हेर्दा यो आर्थिक वर्षमा बैंकले भ्रमण १ करोड ६७ लाख ९४ लाख ३२२ रुपैयाँ खर्च गरेको छ । बैंक गत आर्थिक वर्ष २०७९ ८० मा १ करोड ५६ लाख ४० लाख २६९ रुपैयाँ गरेको थियो । जुन गत वर्ष यो आर्थिक वर्षमा ११ लाख ५४ हजार ५३ रुपैयाँले बढेको हो । झट्ट हेर्दा नेपाली फिल्मका हिरो जस्तो देखिने ह्यान्डसम सिईओ शेरचनलाई अरु बैंकको सिइओको तुलनामा अलि धेरै घुमफिर र मनोरञ्जन गर्ने सिईओ भएको बैंकिङ्ग बृत्तमा हिजोदेखि नै चर्चा हुँदै आएको छ । प्रभु बैंकको भ्रमण खर्चलाई लिएर सेयरधनीहरुले चर्काे विरोध समेत गरेका छन् । एक बर्षमा झण्डै २ करोडको कहाँ कहाँ घुमे होला ? सेयरधनी स्याम बहादुर श्रेष्ठले प्रश्न गरे ।  

बैंकका हाकिमहरु व्यक्तिगतसँगै परिवार र आफन्ताहरुलाई स्वेदश र विदेश घुमाउने बिल चाही बैंकमा पेश गर्दै आईरहेको बैंकका एक कर्मचारीले अर्थ कागजलाई सुनाए । ‘हाम्रो सिईओलाई मन परेको मान्छेलाई धेरै नै खर्च गर्ने बानीले बैंकलाई आर्थिक भार धेरै नै पर्ने गएको ती कर्मचारीले सुनाए । बैंकले यस आर्थिक वर्षमा मनोरञ्जनमा ६ लाख ४६ हजार ७१३ रुपैयाँ रहेको छ । मनोरञ्जन खर्चलाई भ्रमण खर्चमा हालेको प्रष्टै अनुमान गर्न सकिन्छ । मनोरञ्जन खर्च धेरै भयो भने साधारणसभामा सेयरधनीले चर्काे विरोध गर्नेछन् । बैंकका संचालक र सिईओको यो चलाखिले दिनप्रति बचतकर्ता र सेयरधनीको विश्वास बैंकले घुमाउँदै गएको छ ।

यो पनि 

प्रभु बैंकको विज्ञापन खर्च २१ करोड, कमिसनको खेलमा हाकिमहरू

प्रभु बैंकको सिइओ अशोक शेरचनको नियुक्ति बैशाख ९ गतेसम्म योग्य, बैंकको खुद नाफा ५१ करोड, खर्च ६ अर्ब ७२ लाख


प्रतिक्रियाहरू

सम्बन्धित खबर