नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !

अर्थकागज
प्रकाशित: ०८ पुस २०८०
Image description

= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !

नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !

काठमाडौं । नेशनल हाईड्रो पावरलाई नेपाल धितोपत्र बोर्डले पत्र काटेको छ । सेयरधनीले बोर्डमा उजुरी दिएपछि नेशनल हाईड्रो पावरलाई पत्र काटेको हो । कम्पनीलाई बोर्डले सेयरधनीको गुनासोको सम्बन्धमा क कसो भएको हो सो सम्बन्धमा यर्थाथ विवरण सहित अबिलम्व बोर्ड पेश गर्न निर्देशन गरेको छ ।

बोर्डमा सेयरधनीको हस्ताक्षर भेरफाई रेकर्ड राखिएको पुस्तिका चुहाट भएको सेयरधनीले निवेद दिएका थिए ।

निवेदनमा सेयरधनीहरुको रेकर्ड राखेको पुस्तिका चुहावट भएकोले जहाँ हाम्रो नाम, ठेगाना, फोन नम्वर र हाम्रो हस्ताक्षर राखिन्छ त्यो सवै पुस्तिकाको रेकर्डहरु दुरुपयोग गरी हाम्रो हस्ताक्षरको नक्कल गरेर साधारण सभामा कारेम पुर्याई साधारण सभा गर्ने कार्य भईरहेको हुँदा हामी सम्पूर्ण सेयरधनीहरुको रेकर्ड पुस्तिकाको हस्ताक्षर बदर एवं अपटेड गरी मात्रै २७ औं साधारणसभा पारदर्शिता र निष्पक्ष रुपमा सम्पन गरी पाउँ भनी निवेदन परेको थियो । त्यसै कारण कम्पनीले पहिलो चोटी स्थगित भई दोस्रो चोटी बोलाएको साधारणसभा समेत स्थगित भएको थियो ।

कम्पनीले पहिलो पटक मंसिार २२ गते र दोस्रो पटक पुष ६ गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वटमा बोलाएको थियो । दुवै साधारणसभा कोरम नपुगेर स्थगित भएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर