स्वावलम्बन लघुवित्तको मनोरन्जन खर्च ४५.२५ प्रतिशतल बढ्यो, संचालक र सिईओको रमाउने बानीले कम्पनीलाई लाखौं भार !


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाखौं रुपैयाँ मनोरन्जनमा खर्च गरेको छ । कम्पनीको बार्षिक प्रतिवेदन २०८०/८१ को अनुसार मनोरन्जन मात्र ८ लाख ९ हजार ७१८ रुपैयाँ खर्च रहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा मनोरन्जन खर्च ४ लाख ४३ हजार ३२५ रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्ष ३ लाख ६६ हजार ३९३ रुपैयाँ अर्थात ४५.२५ प्रतिशतले बढेको हो ।
कम्पनीको सिईओ र संचालकहरुको मिलोमतोमा पाहुनको सस्तकार खर्चको नाममा आफै पार्टी गर्दै आईरहेका छन् । बेलुका बेलुका होटलमा कम्पनीको मिटिङको नाममा पारिवारीक पार्टी गर्ने अनि बिल चाही कम्पनीको नाममा पेश गर्ने गरेको एक कर्मचारीले बताए । गत वर्षको तुलनामा मनोरन्जन खर्च बढ्दै जानुले पनि यो कुरा प्रष्ट देखिन्छन् । अडिट गर्दा अडिटरले मनोरन्जनको नाममाम आएको खर्चको बिल रोकेले अझ मनोरेन्जन खर्च कम देखिएको ती कर्मचारीले बताए । कम्पनीको आम्दानीमा नियमन निकायले लाभांशमा अंकुश लगाएपछि लघुवित्तका संचालक र सिईओ आफुखुसी कागजी प्रक्रिया पुर्याएर लुटतन्त्र मच्चाई रहेका छन् ।
यो पनि
स्वावलम्बन लघुवित्तको संचालक उमा जोशीको सेयर नै छैन, कुन संचालकको सेयर स्वामित्व कति ?
स्वावलम्बन लघुवित्तको व्यवस्थापन खर्च १ अर्बमाथि, संचालकको तलव/भत्ता २२ लाख, सिइओेको तलव/भत्ता कति ?
प्रतिक्रियाहरू
SURAJ MAHATO
6 months ago
Financial & cooperative sector MA jatatetai ustai xa. Yastai Le garda aru organization Lai pani Garo vako xa.
Ramsingh Rokaya
7 months ago
वायत समाचार काम नभएका हरु
Shares