सेयरधनीलाई राम्रो प्रतिफल दिन नसक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संचालक र उपसमितिको बैठक भत्ता ५० प्रतिशत बढाउँदै

अर्थकागज
प्रकाशित: २६ चैत २०८०
Image description

काठमाडौं । सेयरधनीलाई राम्रो प्रतिफल दिन नसकेर सेयरधनीमाझ चर्काे विरोध खेपी रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका संचालक समितिले सुटुक्ट आफ्नो बैठक भत्ता बढाउने तयारी गरहेको छ । संचाल समितिले ५० प्रतिशत भत्ता बढाउने प्रस्ताव साधारणसभामा लैजादै छ । हाल संचालक समितिको बैठक बस्दा अध्यक्षलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ र संचालक समितिका सदस्यहरुलाई प्रति बैठक भत्ता १० हजार रुपैयाँ रहेको छ । अब बढाएर अध्यक्षलाई प्रति बैठक भत्ता १८ हजार र संचालक समितिका सदस्यहरुलाई १५ हजार रुपैयाँ पुर्याउने तयारी गरेको छ । कम्पनीले भोली आर्थत चैत्र २७ गते हुने साधारणसभामा तीन महले बनाएर प्रस्ताव लैजादै छ ।