प्राइम कमर्सियल बैंकमा संचालकको ब्रम्हलुट, भत्ता र अन्य सुविधाको नाममा ६९ लाख कुम्ल्याए, १०० प्रतिशतले पत्रपत्रिकाको खर्च बढाउँदै
काठमाडौं । सेयरधनीलाई लाभांश खुलेर लाभांश दिन नसकेको प्राइम कमर्सियल बैंकका संचालकहरु भत्ताको नाममा लुट तन्त्र मच्चाएका छन् । प्राइम कमर्सियल बैंकका संचालकहरु आर्थिक वर्ष २०८०/८१ म भत्ता मत्रै ४५लाख १४ हजार रुपैयाँ बुझेका छन् । त्यसै गरी संचालकहरु आर्थिक वर्ष २०८०/८१ मा पत्रपत्रिका तथा अन्य खर्च भनेर २३ लाख ४८ हजार ३९६ रुपैयाँ गोजीमा हालेका छन् ।
पत्रपत्रिकाको खर्च 100 प्रतिशत बढाउँदै
बैंकका लगानीकर्तालाई बिचल्लीमा पारेको यस प्राइम कमर्सियल बैंकले संचालककको पत्रपत्रिकाको खर्चमा 100 प्रतिशत बढाउँदै प्रस्ताव अघि सारेको छ । यस अघि संचालकहरुले मासिक १५ हजार लिदैं आएको पत्रपत्रिकाको खर्च बढाएर मासिक ३० हजार पुर्याउने प्रस्ताव अघि सारेको हो । डिजिटल मिडियाको हावीले पत्रपत्रिकाको साइजसँगै मुल्य घट्दै गएको बेलमा प्राइम कमर्सियल बैंकका संचालकहरुले पत्रपत्रिको खर्च बढाएर बैंकिङ क्षेत्रलाई बेइजत गरेको बैंकरहरु बताउँछन् । यसको चर्काे विरोध सेयरधनीले साधारणसभा गर्ने तयारी समेत गरेका छन् ।
यो पनि
- प्राइम कमर्सियल बैंकको सिइओ संजीव मानन्धरले भत्ता मात्रै बुझे ६१ लाख ८५ हजार, तलब कति ?
- सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश मात्र दिएको प्राइम कमर्सियल बैंकको संचालकको बैठक भत्ता ५७.४० प्रतिशतले बढाउने तयारी
Shares