सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश मात्र दिएको प्राइम कमर्सियल बैंकको संचालकको बैठक भत्ता १३३ प्रतिशत भन्दा बढीले बढाउने तयारी

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८१
Image description

काठमाडौं । सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश मात्र दिएको प्राइम कमर्सियल बैंक लिमिटेडले संचालकको बैठक भत्ता भने 133.3 प्रतिशतले बढाउने तयारी गरेको छ । बुधबार अर्थात पुष १९ गते हुने बैंकको १७ बार्षिक साधारणसभामा सं

चालकको भक्ता बढाउने तीन महले प्रस्ताव लैजाने भएको छ । बैंकको बार्षिक प्रतिवेदन अनुसार हाल संचालक समितिमा उपस्थिति भए बापत अध्यक्ष र अन्य उपस्थित संचालकले बैठक भत्ता स्वरुप प्रति बैठक भत्ता १५ हजारबाट अहिले बढाएर अध्यक्षलाई प्रति बैठक भत्ता ३५ हजार र अन्य संचाकल समितिका सदस्यलाई प्रति बैठक भत्ता ३० हजार बढाउने भएको हो ।

यो भनेको अध्यक्षको बैठक भत्ता १३३.3 प्रतिशत र संचालकहरुलाई 100 प्रतिशतले बृद्धि हुनेछ । 

यो पनि


प्रतिक्रियाहरू

सम्बन्धित खबर