रिलायन्स फाइनान्समा सिईओ र अध्यक्षको रणनीति : शेयरधनीलाई लाभांश नदिने, सेवा र सुविधाको नाममा कम्पनी डुबाउने


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । अरु बैंक बित्तीय संस्थाले २०८०/८१ को बार्षिक साधारण सभा सम्पन्न गरिसकेपनि रिलायन्स फाइनान्सले अझै गर्न सकेको छैन् ।
रिलायन्स फाइनान्समा अन्य संचालक खर्चको नाममा लुटतन्त्र, कुन शिर्षकमा कति खर्च ?
आर्थिक सुशासनमा दिनप्रति दिन कमजोर बन्दै गएको रिलायन्स फाइनान्सले शेयरधनीलाई लाभांश नदिएपनि संचालक र व्यवस्थापनको सेवा र सुविधामा भने राम्रौ खर्च गरेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा कर्मचारी खर्च र कार्यालय खर्च गरी कुल वयवस्थापन खर्च १९ करोड ७२ लाख ८८ हजार ७२४ रुपैयाँ खर्च गरेको छ ।
फाइनान्सले खर्चको नाममा मनोरन्जन खर्चमा खुलेर खर्च गरेको देखिन्छ । फाइनान्सका संचालक र उच्च व्यवस्थापन मिलेर करिव २ करोड रुपैयाँ खर्चको अन्य शिर्षकमा राखेर झ्वाम पारेका छन् । रिलायन्स फाइनान्स मर्जरको लागि पार्टनरको खोजी गरिरहेको छ ।
सेयरधनीको हात खाली बनाएको रिलायन्स फाइनान्समा सिईओ र संचालकको तलव/भत्तामा लुटतन्त्र !
Shares