नेशनल हाइड्रो पावरका कार्यकारी अध्यक्ष कुमार पाण्डेको करोडौं आर्थिक अपचलन, सुचना लुकाउन गरे वेवसाईट बन्द !

अर्थकागज
प्रकाशित: १२ पुस २०८०
Image description

= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !

= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !

= नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !

काठमाडौं । नेशनल हाइड्रोपावरको संचालकहरुको आर्थिक अपचलन गरेको कुरा बाहिर आउन थालेपछि अध्यक्ष कुमार पाण्डेले कम्पनीको वेवसाईट बन्द गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले वेब होस्टिंगमा १ लाख ९० हजार खर्च गरेको देखाएको छ ।

यता, कम्पनीको वेभसाईट भने पैसा नतिरे बन्द छ । कम्पनीको वेवसाईट बन्द भनेर केहि दिन अघि अर्थ कागजले समाचार लेखेको थियो । समाचार लेखेको केही घण्टाभित्र कम्पनीले वेवसाईट खोलेका थियो । तर, अहिले फेरी वेवसाईट बन्द गरको छ ।

संचालक समितिले वेवसाइट जानीजानी बन्द गर्न लगाएको एक कर्मचारीले बताए । अर्थ कागजले कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेलाई दुई पटकसम्म फोन गर्दा फोन कोटपछि केन्द्रिय कार्यालय अनामनगरमा फोन गरेर अफिसमा किन वेवसाइट बन्द भएको भनेर सोधेका थियो ।  कम्पनीमा फोन उठाउन कर्मचारीले भने-'सरहरुले बन्द गर्नु भएको हो, सरहरु अहिले कार्यालयमा हुनुहुन्न, सरहरुलाई फोन गरेर भन्नुहोला । हामीलाई केही थाहा छैन ।'

कम्पनीको केहि दिन अघि देखि बन्द भएको साईट यो समाचार बनाउँदा विहाबार दिउँसो ४ बजेर २८ मिनेटसम्म बन्द थियो । पछि कम्पनीको अध्यक्षको आग्रहपछि वेवसाइट बनाउने कम्पनीले पुन : वेवसाईट खोलिदिएको छ । 

अध्यक्ष पाण्डेको ५ करोड २० लाख आर्थिक अपचलन

नेशनल हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले कम्पनीको ठूलो रकम आर्थिक अपचलन गरेका छन् । पाण्डेले साधारण सभाबाट स्वीकृति नलिई तलब लिनुका साथै कम्पनीको नियमावलीविपरीत कम्पनीको पैसा आफुखुसी उपयोग गर्दै आईरहेका हुन् । पाण्डेले साधारण सभाको स्वीकृत नलिई ५ करोड २० लाख रुपैयाँ ऋण लिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यो भन्दा धेरै गुण रकम आर्थिक अपचलन गरेको कम्पनीका कर्मचारीहरु बताउँछन् । संस्थाबाट लिएको ५ करोड २० लाख रुपैयाँ ऋणलाई असुरक्षित कर्जामा वर्गीकरण गरिएको छ ।

पाण्डेले कम्पनीबाट तीन पटकसम्म लोन लिएर गत आर्थिक वर्षको असार मसान्तमा ५ करोड २० लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै उनले ६० लाख ५३ हजार ६६४ रुपैयाँ तलब भत्ता लिएका छन् । उनले तलब भत्ताका साथै बैठक भत्ताबापत थप २ लाख ८५ हजार बुझेका छन् ।

कम्पनीका केही सञ्चालकले कम्पनीको नियम विपरित ऋण लिने गरेको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा समेत उजुरी परेको छ ।

कम्पनीका अर्का चतुर संचालक बिश्वेश्वर सुवेदीले आफ्नै बहिनीको थर परिवर्तन गरी नेशनल हाइड्रोपावर कम्पनीको लगानीमा खोलिएको सहायक कम्पनीमा आफु र बहिनीलाई उच्च पदमा आफुखुसी नियक्त गरी तलव भत्ताको नाममा लाखौ लाखौ रुपैयाँ लुटतन्त्र बच्चाएको गजव्वको कहानी पढ्न लाएकको छ । बाँकी अर्काे भागमा 


प्रतिक्रियाहरू

सम्बन्धित खबर