नेशनल हाईड्रो पावरमा विश्वेश्वर सुवेदी र कुमार पाण्डेको लुटतन्त्र !


= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !
= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
काठमाडौं । विश्वेश्वर सुवेदी, नेशनल हाईड्रो पावर र कामना विकास बैंकका संचालक समितिको सदस्य हुन् । त्यति मात्र नभएर सुवेदी नेशनल हाईड्रो पावरको सहायक कम्पनी लोअर इर्खुवा हाइड्रोपावर (१४.१५ मेगावाट क्षमता) का प्रबन्ध निर्देशक समेत हुन् ।
सुवेदीले नेशनल हाईड्रो पावरबाट भत्ताको नाममा मोटो रकम लिदै आएका छन् भने एनएचपीसीको सहायक कम्पनी इर्खुवा हाइड्रोपावरबाट तलव भत्ताको नाममा लाखौंलाख रकम बुझेका छन् । सुवेदीले एनएचपीसीबाट आर्थिक वर्ष २०७९/२०८० मा ३ लाख २० हजार रुपैयाँ भत्ता बुझेका छन् । यता, इर्खुवा हाइड्रोपावरबाट सुवेदीले तलव १९ लाख ५० हजार रुपैयाँ र भत्ता २ लाख १९ हजार रुपैयाँ गरी कुल २१ लाख ६९ हजार रुपैयाँ बुझेका छन् ।
उता, नेशनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) का कार्यकारी अध्यक्ष कुमार पाण्डे करोडौ रुपैयाँ अपचलन गरेका छन् । अध्यक्ष पाण्डेले कम्पनीको ५ करोड २० लाख रुपैयाँ अपचलन गरेका छन् । अध्यक्ष पाण्डेको उक्त ऋणलाई असुरक्षित कर्जामा वर्गीकरण गरिएको छ ।
यता, सुवेदीले आफुले मात्र नभई आफ्नै बहिनीलाई एनएचपीसीको संचालक समितिमा नियुक्त गरेका छन् । उनी हुन सुशीलाकुमारी शर्मा । सञ्चालक सुवेदी र सुशीलाकुमारी शर्मा सहोदर दाजुबहिनी हुन् । सुवेदीले बहिनी शर्मालाई पनि एनएचपीसीको सहायक अर्को कम्पनीबाट तलव खुवाउने व्यवस्था मिलाएको कम्पनीका एक कर्मचारीले अर्थ कागजलाई बताएका छन् । एनएचपीसीमा सुवेदीको १ हजार ३ सय ८६ कित्तामा सेयर मात्र रहेको छ । कम्पनीमा आफ्नो लगानी नभएपछि सेयरधनीलाई प्रतिफल भन्दा कसरी आफुलाई कमाउ धन्दा तिर सुवेदी लागेको प्रष्ट हुन्छ ।
सुवेदी हरके दिन एनएचपीसीको कार्यालयमा आएर सेयर किनवेच गर्ने गर्दछन् । सेयर बजारका चलाख र चतुर खेलाडी सुवेदीले एनएचपीसीको प्रति कित्ता ३५ रुपैयाँको सेयर बढाएर ५ सय माथि पुर्याएर सर्वसाधारण सेयरधनीलाई सेयर भिराउन सफल भएका थिए । संचालकसँग सेयर नभएपछि एनएचपीसीको साधारणसभा गर्न कोरम नपुगेकाले दुई पटक सम्म स्थगित भैसकेको छ ।
प्रतिक्रियाहरू
bvCgRhPwMVXd
1 year ago
etAozcrTGQR
bvCgRhPwMVXd
1 year ago
etAozcrTGQR
bvCgRhPwMVXd
1 year ago
etAozcrTGQR
[email protected]
1 year ago
यस्ता २-४ जना कपुत सन्तानहरूले गर्दा नेपाली जनताहरूले लगानी गरेर देशलाई उधाेगी बनाउनस भन्दा आफुनै बिदेश पलायन भयकाे
Shares