नेशनल हाइड्रोपावर कम्पनी घाटामा, ईपिएस ऋणात्मक

अर्थकागज
प्रकाशित: ०२ भदौ २०८१
Image description

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ४ करोड ६८ हजार रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनी २ करोड ४९ लाख रुपैयाँ खुद घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९६ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ४२ पैसा रहेको छ।

यो पनि पढ्नु हास् 

=नेशनल हाइड्रो पावरका कार्यकारी अध्यक्ष कुमार पाण्डेको करोडौं आर्थिक अपचलन, सुचना लुकाउन गरे वेवसाईट बन्द !

=नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !

=नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !


प्रतिक्रियाहरू

सम्बन्धित खबर