हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड कहिले ? बिक्री प्रबन्धक एनएमबि क्यापिटलको यस्तो आयो जवाफ !
= नेपाल धितोपत्र बोर्डले काट्यो नेशल हाइड्रो पावरलाई चिठ्ठी !
= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
= नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !
काठमाडौं । भेरीफाइ भएका सवै आवेदकले पाउने हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड कहिले हुन्छ भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । लगानीकर्ताको चासोलाई मध्यनजर गर्दै अर्थ कागज डट कमले बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई सोधेका छौं-'हिमालयन रिइन्स्योरेन्सको आईपीओ कहिले बाँडफाँड हुन्छ ?।'
क्यापिटलको अनुसार बुधबार वा विहीबार आईपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ । क्यापिटलले भोली विहान अर्थात बुधबार विहान १० बजे आईपीओ बाँडफाँडको तयारीको साथ काम भैरहेको जनाएको छ । यति बुधबार आईपीओ बाँडफाँड गर्न नसके बिहीबार गर्ने क्यापिटलले अर्थ कागजलाई जनाएको छ ।
आईपीओ प्रिअलोटमेन्ट भने क्यापिटलले गरिसकेको छ । यो कम्पनीको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सीडीएससीका अनुसार आवेदन दिने अन्तिम समयसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४२० रुपैयाँबराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसाबमा १० कित्ताका दरले सेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ ।
कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँको आईपीओ निश्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो ।
प्रतिक्रियाहरू
DP Pandey
2 years ago
Nepse ma सूचीकृत को प्रतीक्षा
Lal Keshar Rai
2 years ago
Alloted भई सकेको भन्ने न्युजमा तर मेरो शेयरमा अहिलेसम्म भएको छैन त
Shares