नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कहाँ खर्च गर्छ त मनोरञ्जन खर्च भनेर ?


=सेयरधनीलाई लाभांश नदिएको नेपाल इन्भेष्टमण्ट मेगाको मनोरञ्जन खर्च २ करोड ५५ लाखमाथि
यसबर्ष नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मनोरञ्जन खर्चको बारेमा निकै चर्चाहरु भए साधारण सभामा र सेयरबजारमा । त्यसोत सबैजसो बैकहरुको बार्षिक प्रतिबेदनमा मनोरञ्जन खर्च भनेर उल्लेख गरेका हुन्छन् । अधिकाश शेयरधनीहरुलाई जानकारी हुँदैन मनोरजन खर्च भनेर कहाँ खर्च गर्छन, के मा खर्चिन्छन ? भनेर धेरै जसो शेयरधनीहरुले आफुले लगानी गरेको कम्पनीहरुको प्रतिबेदन नै राम्ररी अध्ययन गर्दैनन भन्दा पनि फरक नपर्ला । कतिपयले बार्षिक साधारण सभाबाट प्रतिबेदन त लिएर जान्छ तर पढ्दैनन कवाडिर्लाइ बेच्ने गरेका छन भन्दा पनि फरक नपार्ल । त्यसोत कतिपय शेयरधनीहरुले मनोरजन खर्चको बारेमा चर्चाहरु पनि गर्ने गरेका छन् । कम्पनीहरुले मनोरजन खर्चको नाममा जथाभाबि रुपमा खर्च गर्ने गरेका छन् । चैत्र २० गते आफ्नो बार्षिक साधारण सभा गरेका नेपाल इन्भेष्टमेण्ट मेगा बैकले मनोरजन खर्चमा २ करोड ५५ लाख ३३ हजार २११ रुपैयाँ खर्च गरेको देखाइएको छ आफ्नो बार्षिक प्रतिबेदनमा । महिनामा २१ लख ४ हजार ४३६ रुपैयाँ मनोरञ्जनमा खर्च गर्ने भनेको अनिमियता हो भन्दा पनि फरक नपर्ला । त्यसैगरि भ्रमण खर्च भनेर २ करोड ४५ लाख ६९ हजार ५६३ रुपैयाँ खर्च गरेको देखाइएको छ । समिक्षा बर्षमा बितरण योग्य मुनाफा ३ अर्ब ४७ करोड ऋणात्मक रहेको बैकको कार्यकारी प्रमुखले तलब भत्ता वापत बर्षमा २ करोड ९० लाख २७ हजार ६०८ रुपैयाँ लिएको प्रतिबेदनमा उल्लेख गरेको छ । त्यसैगरि कार्यकारी प्रमुखलाइ ३ जना सुरक्षा गार्ड समेत दिएको उल्लेख छ । ३ जना सुरक्षा गार्ड कार्यकारी प्रमुखलाई दिएको बैंक नेपाल इन्भेष्टमेण्ट मेगा बैक मात्रै होला । त्यसोत सिईओको सुरक्षा गार्डको कुरा उठाइदा सिईओले आफ्नै निजि खर्चमा सुरक्षा गार्ड राखेको भनेर भनेको पनि सुनियो तर आफ्नो नीजि खर्चमा सुरक्षा गार्ड राखेको भए कम्पनीको बार्षिक प्रतिबेदनमा कम्पनीले दिएको भनेर किन लेखियो त ?
आफ्नो शेयरधनिहरुलाई १ रुपियाँ लाभाश नदिने बैकका ७ जना सचालकहरुले बर्षमा भत्ता वापत ३२लाख ३९ हजार ४८० रुपैयाँ लिएको देखिन्छ । मेगा बैकसग बिग मर्जर गरेको नेपाल इन्भेष्टमेण्ट बैकले यसबर्ष शेयरधनीहरुलाई लाभाश दिएनत अर्को बर्ष पनि दिन नसकिने बताउँछन बैकका अध्यक्ष पृथ्वीबहादर पाण्डे । नेपाल इन्भेष्टमेण्ट बैकसँग मेगा बैकले मर्जर गर्दा मेगा बैकका शेयरधनीहरुलाई बडि घाटा भएको देखिन्छ । शेयर पनि ९० प्रतिशत मात्रै पाएका थिए र लाभाश पनि पाएन मर्जर नभएको नगरेको भए कुनै एक बैकको भए पनि लाभाश पाउथें होला । त्यसोत यसबर्ष शेयरधनीहरुलाई लाभाश नदिने बैकहरुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैक मात्र होइन अरु पनि बाणिज्य बैकहरु छन भने २ करोड भन्दा बढि तलब भत्ता लिनहरुमा अरु बैकका सिईओहरु पनि छन । सर्बसाधारण लगानीकर्ताहरुको लगानी रहेको बैकबाट बढि बैकका सचालकहरु र पदाधिकारीहरुले भन्दा बढि सुबिधा लिने अनि शेयरधनिहरुलाई दिन सक्ने गरि काम गर्न नसक्ने कार्यकारी प्रमखहरु नभएका होइनन बैकीङ क्षेत्रमा । त्यसोत, साधारणसभामा बोल्ने केहि शेयरधनीहरु कम्पनीले दिने गरेको भत्तामा बिके सम्म केही कम्पनीहरुले अनिमियता गर्छन नै । त्यसोत कतिपय सर्बसाधारण शेयरधनीहरु केहि बोल्देनन खाना र खाजा खान पाए फर्कि हाल्छन । साधारणसामा भाग लिने सर्बसाधारण शेयर धनीहरु बिच कम्पनीको प्रतिबेदनको बारेमा कम्पनीले गरेको प्रस्ताबको बारेमा कुराकानी छलफल नै हुँदैन धेरैजसो खाजा र खानामा नै झमिएको देखिन्छन साधारण सभाहरुमा शेयरधनीहरु एकजुट छैनन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैकको कुरा गर्दा ठमेलको सार्बजनिक जग्गा सार्बजनिक सम्पदा स्थल कमल पोखरीको १२ रोपनि जग्गा अतिक्रमण गरि छायाँ देबि सेन्टर निर्माण गरेको ब्यक्ति पृथ्वी बहादर पाण्डेले नेतृत्व गरेको बैकमा अनिमियता हुनु भनेरको सामान्य हो भनेर पनि चर्चाहरु चलेका छन् । त्यसोत पछिल्लो समयमा चर्चित बैंकरले सार्बजनिक जग्गा झवम गर्यो भनेर पृथ्वी बहादर पाण्डेको मिडियामा हाइलाइट भइरहेका छन् ।
प्रतिक्रियाहरू
राम प्रसाद श्रेष्ठ
10 months ago
नाफा दिन नसक्ने वा ७ % भन्दा कम नाफा दिन सक्ने बैकको CEO र शाखा प्रमुखहरूको तलब भत्ता ५० % कटौती गरि निश्चित प्रकारको कारबाही हमने नियम क़ानून बन्नु पर्ने गरि कारबाही हुन ज़रूरी छ ।
Shares