नेशनल हाइड्रोपावरको बोलायो साधारणसभा,लगानीकर्तालाई सञ्चालक बन्ने अवसर !
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २७ औं र २८औं वार्षिक साधारणसभा एकैसाथ मंसिर २८ गते बोलाएको छ । सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे बोलाएको हो । सभाले रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव अघि सारेको छ । यो सगै लगानीकर्तालाई यस कम्पनीको संचालक समितिमा नियुक्ति हुने अवसर रहेको छ । यस कम्पनीको अरु संचालकहरुको एक हजार कित्ता सेयर स्वामितव भन्दा धेरै छैन् । सभाले कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। कम्पनीले सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरिनेछ । गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन र पारिश्रमिक निर्धारण गर्ने, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव अघि सारेको छ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन् । कम्पनीको सेयर लकइन खुलिसकेकोले यस साधारणसभा कोरम नपुगेर स्थगित हुने सम्भावना ९९ प्रतिशत रहेको छ । विगतको साधारणसभा पनि यस्तै हुँदै आइरहेको छ । पुन : अर्काे पटक साधारणसभा बोलाएर २५ प्रतिशत सेयरधनीको उपस्थितिमा साधारणसभा गर्ने कम्पनीको दाउ रहेको छ । कम्पनी भित्र आर्थिक अपचल भएकाले कम्पनीका ठुला सेयरधनीले अहिलेका संचालकहरुलाई विश्वास गर्न छाडिसकेका छन् ।
यो पनि
=नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !
=नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
Shares