नेशनल हाइड्रोपावरको साधारणसभा फेरी स्थगित, संचालक समिति कमाउ धन्दामा लिप्त भएको भन्दै सभाहलमा सेयरधनीको विरोध !


=नेशनल हाईड्रो पावरमा सञ्चालको लुटतन्त्र, बुझे लाखौंलाख बैठक भत्ता !
= नेशनल हाईड्रो पावरको साधारणसभा फेरी स्थगित, सञ्चालक समितिमाथि सेयरधनीको यस्तो आरोप !
=नेशनल हाईड्रो पावरमा विश्वेश्वर सुवेदी र कुमार पाण्डेको लुटतन्त्र !
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा आज अर्थात फागुन ३० गतेपनि स्थगित भएको छ । यो सँगै नेशनल हाइड्रोपावरको लगातार साधारणसभा ३ पटकसम्म स्थगित भएको हो । साधारणसभालाई चाहिने कोरम नपुगेपछि पुनः साधारणसभा स्थगित भएको कम्पनीले जनाएको छ । ठुला सेयरधनीलाई अहिलेका संचालकलाई प्रोक्सी नदिने, संचालक आफुसँग सेयर छैन । संचालकहरुमध्ये सवै भन्दा धेरै सेयर संचालक शुशिला कुमारी शर्मासँग ३ हजार ९ सय ४६ कित्ता रहेको छ । शर्मा अर्काे संचालक बिश्वेश्वर सुवेदीका आफ्नै बहिनी हुन् । संचालक सुवेदीसँग १ हजार ३ सय ८६ कित्ता सेयर रहेको छ । सुवेदीको र शर्माको एउटै दाजुबहिनीको नाममा जम्मा ५ हजार ३ सय ३२ कित्ता छ । दुवै जना संचालक हुन् । त्यति मात्र नभएर नेशनल हाइड्रोपावरको मुख्य लगानी रहेको अन्य आयोजनामा सुवेदीको सिइओ र बहिनीलाई उच्च पदमा नियुक्ति गरी मासिक लाखौलाख रकम बुझ्दै आएका छन् ।
नेशनल हाईड्रो पावरको पहिलो पटक गत मंसिर २२ गते डिलिश आपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा साधारणसभा बोलाएको थियो । पहिलो पटक कोरम नपुगेर स्थगित भएपछि कम्पनीले दोस्रो पटक पुष ६ गते पहिलेको स्थानमा साधारणसभा बोलाएको थियो । त्यो बेलामा पनि कोरम नपुगेपछि आज अर्थात फागुन ३० गते बोलाएको थियो । आज पनि कोरम नपुगेर स्थगित भएको छ ।
बारम्बार संचालक समितिले साधारणसभा गर्न कोरम पुर्याउन नसकेपछि अहिलेका संचालक प्रति सेयरधनीको विश्वास गुम्दै गएको प्रष्ट हुन्छ । कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले कम्पनीको ठूलो रकम आर्थिक अपचलनले अब सेयरधनी निराश हुन पुगेका छन् । पाण्डेले साधारण सभाबाट स्वीकृति नलिई तलब लिनुका साथै कम्पनीको नियमावलीविपरीत कम्पनीको पैसा आफुखुसी उपयोग गर्दै आईरहेका छन् । पाण्डेले साधारण सभाको स्वीकृत नलिई ५ करोड २० लाख रुपैयाँ ऋण लिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यो भन्दा धेरै गुण रकम आर्थिक अपचलन गरेको कम्पनीका कर्मचारीहरु बताउँछन् । संस्थाबाट लिएको ५ करोड २० लाख रुपैयाँ ऋणलाई असुरक्षित कर्जामा वर्गीकरण गरिएको छ ।
संचालक समिति कमाउ धन्दामा लिप्त भएको भन्दै सभाहलमा सेयरधनीको विरोध
सभामा आएको सेयरधनीले संचालकहरुको चर्काे विरोध गरेका छन् । कम्पनीको बार्षिक प्रतिवेदन अध्ययन गर्ने सेयरधनीले संचालकहरुले गरेको खर्चको विवरण हेरेर छक्क परेका छन् । सेयरधनीलाई लाभांश नदिने, संचालकहरुले आफुखुसी विभिन्न शिर्षकमा पैसा खर्चा गरेको देखाएर लाखौलाख खोजीमा हाल्ने गरेको आरोप लगाएका छन् । सेयरधनीले संचालकलाई लगाएको आरोप र बार्षिक प्रतिवेदनले उस्तै देखाउँछ । खाजा र नास्ताको शिर्षकको नाममा एउटा खर्च, लन्चको शिर्षकमा अर्काे खर्च । यसरी एउटै कुरा दुई वटा शिर्षक राखेर ंसंचालकहरुले लाखौंलाख रुपैयाँ खोजीमा हालेका छन् । कम्पनीमा संचालक समितिले हकप्रद सेयरबाट उठाएको रकमको दुरुपयोग, कम्पनीको नाममा संचालकको परिवार भ्रमण, ज्योति विकास बैंकबाट लिएको ऋणको काण्ड त विस्तारै बाहिर आउने क्रममा छ ।
Shares